Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

आर्थिक

नेप्सेमा दोहोरो अंकको ‘करेक्सन’, कारोवार रकममा उल्लास कायमै

२६ जेठ, काठमाडौं– साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । सुरुवाती पहिलो घण्टा देखि नै तीव्र उतारचढाव देखिएको बजार १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको हो । बजार घटेपनि कारोबार रकममा भने उल्लास कायमै छ । आज दिनभर कुल १ […]

आज सुनचाँदीको मुल्य कति ?

२६ जेठ, काठमाडौं– स्थानीय सुनको मूल्य एकसय रुपैँयाले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार […]

लुम्बिनी वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि बडघर बन्ने

२५ जेठ, काठमाडौँ – लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ ।  सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख यादवलाई सो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । रुपन्देहीको बुटवलमा अवस्थित रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण सम्पन्न गरी यस वर्षदेखि आंशिकरुपमा […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने

२५ जेठ, काठमाडौँ – बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा […]

नेप्सेले बनायो नयाँ रेकर्ड, बजार परिसूचक २९ सय ६० विन्दू नाघ्यो

२५ जेठ, काठमाडौं– सेयर बजारले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूच नेप्से बढेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार झिनो अंकको करेक्सन आएको सेयर बजार मंगलबार भने पुनः बढ्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार […]

साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर खाद्य वस्तु र एलपी ग्याँसमा २० प्रतिशत छुट दिने

२० जेठ, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाअवधिभर खाद्य वस्तु र खाना पकाउने एलपी ग्यासपा २० प्रतिशत छुट दिने भएको छ । आगामि आर्थिक वर्ष ७८÷७९ को बजेट वक्तव्यका क्रममा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुटमा खाद्यवस्तु र एलपी ग्यास दिनुपर्ने व्यवस्था गरेपछि कर्पोरेसनले छुट दिने भएको हो । यो निर्णय सँगै निषेधाज्ञा अवधीभर पिठो, चिनी, नुन, […]

सेयर बजारमा उत्साह कायमै, बजार परिसूचकले राख्यो नयाँ किर्तिमान

२० जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले आज फेरि नयाँ किर्तिमान बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुग्दै नयाँ किर्तिमान बनाएको हो । यसअघि साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ […]

सेयर बजारमा फर्कियो उत्साह, नेप्से एकैदिन ५५ दशमलव ७६ अंकले बढ्यो

१९ जेठ, काठमाडौं– साताको दोस्रो र तेस्रो दिन ओरालो लागेको सेयर बजारमा आज फेरी हरियाली छाएको छ । दुई दिन दोहोरो अंकले करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेले आजदेखि फेरी उकालो लाग्न थालेको हो । बुधवार बजार परिसूचक नप्से ५५ दशमलव ७६ अंकले बढेको छ । लगातार दुई दिन घटेको बजार आज २ हजार ८ […]

१२ हजार भित्रिए, २३ हजार बाहिरिए

१९ जेठ, काठमाडौं– गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको […]

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

१८ जेठ, काठमाडौँ – पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका […]