आर्थिक
जिल्ला प्रशासनद्वारा पाँच क्रसर उद्योग कार्वाहीमा
४ असोज काठमाडौँ – नुवाकोट जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो । प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख […]
कोरोनाका कारण बन्द रहेको हवाई सेवा ६ महिनापछि पुनः सञ्चालन हुँदै
४ असोज काठमाडौँ – धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध यएरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ […]
गत एक बर्षदेखि डोल्पामा चामल पुगेन
२ असाेज काठमाडाैँ – उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]
खाली सिलिण्डरको मूल्य तोकियो २ हजार १ सय, डिलर मार्फत लिन समेत अुनरोध
१ असोज काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको […]
सुनको मूल्य स्थिर
३१ भाद्र काठमाडौँ – आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९७ हजार रुपैयाँमा कारोबार भैरहेको […]
मन्त्रीसरह सुविधा दिने गरी सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त
३० भाद्र काठमाडौं – निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।
स्वास्थ्य सामाग्री खरिदमा घोटाला ओम्नी सरकारको कालोसूचीमा
२९ भाद्र काठमाडौं – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने […]
जग्गा कित्ताकाट तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
२९ भाद्र काठमाडौँ—सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको […]
समयमा मल आयात नगर्ने दुई कम्पनीमाथि कारबाही अघि नबढाउन उच्च अदालतका आदेश
२९ भाद्र काठमाडौँ—उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो । ‘आज आदेश भइहाल्यो, भोलि एकदिन हो, पर्सी दुवै […]
सुन तोलामा ४ सय रुपैयाँले बढ्यो
२५ भाद्र काठमाडौँ – बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ३ सय पुगेको छ । चाँदीको […]



