पत्रपत्रिका
जब मन्त्री नै प्याजमा ठगिए…
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]
लामो दूरीका गाडी आजबाट गुड्दै
१ असोज काठमाडौँ – गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट खुल्दै छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ । बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा […]
कोरोना संक्रमितको उपचार खर्च संक्रमितले नै बेहोर्नु पर्ने
३१ भाद्र काठमाडौँ — सरकारले कोरोहहना संक्रमितसँग उपचार शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ (आईसीएस) को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट पारित भए निर्णय कार्यान्वयनमा आउनेछ । बैठकको निर्णयको ८ नम्बर बुँदामा विपन्नको उपचार निःशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ । लक्षण देखिएकाहरूको […]
दुई जना नहट्ने, दुई जनालाई नलाने : मन्त्रिमण्डल पुनर्गठन
३१ भाद्र काठमाडौँ – अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ । यसरी प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भन्नुभएमध्येका एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी श्रेष्ठ […]
नेकपाको आन्तरिक विवादमा पिल्सिए घिसिङ
३१ भाद्र काठमाडाैँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन । मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री […]
खाने कुरा छैन, तर संकलित राहत सामग्री नगरपालिकामा नै कुहियो
३१ भाद्र ३१ काठमाडौँ — झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ । भदौ १७ मा बाढीपहिरोले विस्थापित भएका ढोरपाटन […]
लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी पछि नेपालको क्षेत्रफल कति ?
३१ भाद्र काठमाडौं – सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन । तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ । यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र […]
खरिपाटी क्वारेन्टाइनबाट कोरोना संक्रमित युवा फरार
३१ भाद्र काठमाडौँ – भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य […]
अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित : नेकपा
३१ भाद्र काठमाडौँ भदौ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड–१९), सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको छ । पार्टीभित्र उत्पन्न अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित भएको विश्लेषण गर्दै नेकपाले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ देशलाई अगाडि बढाउन […]
स्वास्थ्य सामाग्री खरिदमा घोटाला ओम्नी सरकारको कालोसूचीमा
२९ भाद्र काठमाडौं – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने […]



