पत्रपत्रिका
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
काठमाडौं, २४ भदौ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको […]
प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन
२४ भाद्र काठमाडौँ – गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् । निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश […]
मलको कालोबजारी गरे कारवाही
२३ भाद्र काठमाडौँ – कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको […]
राशिफल : भदौ २३ गते, मंगलबार
२३ भाद्र काठमाडाैँ-वि.सं.२०७७ साल भदौ २३ गते, मंगलबार तदनुसार ०८ सेप्टेम्बर २०२० । आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेटमा हुने छ । आज कुन राशिको फल कस्तो छ त ? हेरौँ आजको राशिफल : मेष : व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने […]
रोग र भोकको चिन्ता नगरी रथ तान्न गएकालाई गिरफ्तार गर्नु निन्दनीय छ : विश्व हिन्दु युवा संघ
२२ भाद्र काठमाडौं – विश्व हिन्दु युवा संघले रोग र भोगको चिन्ता नगरी रातो मछिन्द्र नाथको रथ तान्न पुल्चोक पुगेका युवाहरूलाई प्रहरीले गरेको गिरफ्तारी भएको भन्दै त्यसको निन्दा गरेको छ। संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज एक बिज्ञप्ति जारी गर्दै उक्त कार्यको निन्दा गर्दै गिरफ्तार गरेका सबैलाई बिना सर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको […]
निषेधाज्ञाको विकल्पबारे अनुगमन उपसमितिको छलफल, उपत्यका प्रवेश नाकामा अझै कडाई गर्न सुझाव
२२ भाद्र काठमाडौँ-कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा आइतबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । उपसमितिको सभाकक्षमा भएको छलफलमा सांसदहरूले निषेधाज्ञाको समय बढाउनुभन्दा कोरोना परीक्षणलाई तीव्रता दिन तथा सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित प्रबन्धबारेमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । उपत्यका प्रवेशमा नियन्त्रण गर्न जिल्लाका प्रस्थान बिन्दुहरूमा […]
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
ललितपुर – ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा […]
ललितपुरका सिडिओले भने, ‘दशैँसम्म निषेधाज्ञा कायम राख्नु भन्दा अर्को उपाय छैन’
२१ भाद्र काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने बताउएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकनका लागि गठित उपसमितिको बैठकमा बोल्दै उहाँले निषेधाज्ञा दशैँसम्म लम्ब्याउनुपर्ने बताएका हुन् उनले जात्रा, चाड पर्व जस्ता कुरा मानिसको भावनासँग जोडिएकोले त्योसमय झनै भीडभाड हुनसक्ने भन्दै […]
स्वास्थ्य पूर्वाधारमा सुधारउन्मुख हुँदै कर्णाली प्रदेश
कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या […]
काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण
२० भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै […]



