Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मनोरञ्जन

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

२० मंसिर काठमाडौँ – नेपालमा सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० को यस वर्षको टाइटल नम्रता श्रेष्ठले जितेकी छिन् । उनले प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई पछाडि पार्दै यो टाइटल हात पारेकी हुन् । उनले मिस नेपाल वल्र्डको ताज पहिरिएकी हुन् । किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात […]

धनगढीका विजयन्द्रसंग मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का

१८ मंसिर काठमाडौं – नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । उनीहरूको निमन्त्रणा पत्र समेत सार्वजनिक भइसकेको छ । विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने […]

कलाकार निर्मल शर्मा “गैंडा” लाई कोरोना संक्रमण पुष्टि

२२ कात्तिक काठमाडौँ – कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित भएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्मा फेसबुकमा लेख्छन् “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”उनले आफू १४ दिनसम्म पूर्ण रुपमा होम […]

मनोज गजुरेललाई पूर्वपत्नि मीनाको पत्र : ‘बिसौँ तिजका निराहार व्रत बसेकी छु, कोरोनाबाट हार नमानिदेउ’

२१ कात्तिक काठमाडौं – वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ। उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ। लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन्। मीना सामाजिक सञ्‍जालमा अनेक टिप्पणीसहित आइरहन्छिन्। कोरोनाको लडाई लडिरहेका पूर्वपति मनोज गजुरेललाई भावुक पत्र […]

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

२१ कात्तिक काठमाडौं – वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ। उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको  बताएका हुन्। ’उहाँ आफै खाना खान सक्नुहुन्छ। चिकित्सक साथीहरुसँग मजाले बोलिरहनु भएको छु, उहाँलाई एक जनासँग मात्रै सम्पर्क गर्न दिएका छौं।’ […]

कोरोना संक्रमण भएका मनोज गजुरेलको अवस्था स्वास्थ्य अवस्था गम्भीर

२१ कात्तिक काठमाडौँ – कोरोना संक्रमण भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ ।  कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।  हालको उनको आईसियूमा […]

साम्राज्ञीले पहिलो पटक प्रेमीसँग गरिन् म्युजिक भिडियो

२० कात्तिक  काठमाडौं – हट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले म्युजिक भिडियो गरेकी छिन् । साम्राज्ञीले पहिलो पटक आफ्नो प्रेमी देवांश जंगबहादुर राणासँग ‘तिमी र म’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । । नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत छुट्टै क्रेज बनाएकी साम्राज्ञी यो भन्दा अगाडि कहिल्यै म्युजिक भिडियो गरेकी थिइनन् । साम्राज्ञीले अभिनय गरेको […]

पवन आचार्यको पहिलो म्युजिक भिडियो ‘प्रियसी’ सार्वजनिक

१९ कात्तिक काठमाडौँ – लामो समय देखि मोडलिङ तथा सोन्दर्य क्षेत्रमा आवद्ध रहेका पवन आचार्यको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो मार्फत पवनले म्युजिक भिडियो क्षेत्रमा पाइला चालेका छन् । प्रियसी नामक गीतको भिडियोमा पवन आचार्य र अश्मी गुरुङलाई फिर्चड गरिएको छ । सङ्स नेपाल युटुब च्यान मार्फत सार्वजनिक भएको गीतमा बिशाल काफ्लेको […]

बलिउड अभिनेता शाहरुख खानको आज ५५ औँ जन्मदिन

१७ कात्तिक काठमाडौं – बलिउड अभिनेता शाहरुख खान ‘रोमान्सका किङ’ को आज जन्मदिन परेको छ ।उनलाई बलिउडको ‘बादशाह’ उपनामले पनि चिनिने गरिन्छ ।सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मिएका उनी आज ५५ औँ जन्मदिन मनाउने तयारीम छन् । उनले फिल्म ‘दिवाना’ बाट बलिउडमा डेब्यु गरेका थिए । खासमा उनले अभिनय यात्रा टेलिभिजनमा सिरियल ‘फौजी’ बाट […]

भिटेनले मागे माफि, गीत र भिडियो परिमार्जन गर्ने प्रतिबद्धता

१६ कात्तिक काठमाडौं– र्‍यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका छन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्‍याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञपति जारी गरेका छन् । भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड […]