Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

ओली निकट नेताहरु दाहाललाई भेट्न दिनहुँ खुमलटार धाउँदै

१४ कात्तिक काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच असमझदारी बढेसँगै ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएउनुभएको हो । स्रोतका अनुसार अध्यक्ष दाहालसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानु […]

नेपाल स्वर्ग र यहाँका नागरिक विश्वकै राम्रा : कतारी राजदूत

९ कात्तिक काठमाडौँ  – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले […]

प्रधानमन्त्रीबाटै राष्ट्रिय सार्वभौमिकता र हितलाई कमजोर पार्ने काम भयो : प्रवक्ता श्रेष्ठ

९ कात्तिक काठमाडौँ – सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पूर्व-परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत बुधबार राति भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोको ‘गुप्त’ भेटले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने बताउनुभएको छ । उहाँले कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीले विदेशी जासुसी अधिकारीलाई बोलाएर भेट्नु देशको सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने हर्कत […]

प्रधानमन्त्री ओली चीनको इसारामा चलेको भारतीय सञ्चारमाध्यमको आरोप

९ कात्तिक काठमाडौँ – भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको इसारामा चलेको आरोप लगाएको छ । भारतीय मिडिया जी न्यूजले केही महिनादेखि नेपाल र चीनबीचको निकटता धेरै बढेको भन्दै प्रधानमन्त्री ओली चिनिँया इसारामा चलेको आरोप लगाएको छ । नेपालले रक्सौल सिमानामा ठूलो संख्यामा अर्धसैनिक बल परिचालन गरिरहेको भन्दै नेपालले चीनसंगको निकताका कारण भारतीय […]

नेकपा नेता जनार्दन शर्मा पनि कोरोना संक्रमित

९ कात्तिक काठमाडौँ – पछिल्लो समय विभिन्न उच्च तहका नेता, मन्त्री, मुख्यमन्त्री लगायतहरूमा कोरोना संक्रमण बढ्दो छ । यसैबीच नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको भन्दै पछिल्लो समय सम्पर्कमा रहेकाहरूलाइ सावधानी अपनाउन भन्नुभएको छ । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उहाँले भन्नुभएको […]

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत

७ कात्तिक सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान ११ बजे बसेको नेकपा संसदीय दलको बैठक ९मुख्यमन्त्री समूह० ले अविश्वासको प्रस्ताव किनारा लगाएको हो। बैठकमा नेकपाका ३२ जनामध्ये १८ जना सांसद सहभागी थिए। अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको स्रोतले […]

प्रधानमन्त्रीद्वारा दशैँको शुभकामना सन्देश : निशान छापको नक्सामा लिम्पिराधुरा गायब !

७ कार्तिक  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दशैँको शुभकामना सन्देश दिँदा प्रयोग भएको निशान छापमा लिम्पियाधुराबिनाको नक्सा देखिएको भन्दै आलोचना भएको छ । प्रधामन्त्री ओलीले ट्वीटरमार्फत र्सावजनिक गनुभएको निशान छाप प्रयुक्त शुभकामना सन्देश जारी गर्नुभएको थियो ।   शुक्रबार फूलपातीको अवसरमा सार्वजनिक गर्नुभएको उक्त सन्देशसहितको तस्वीरमा सबैभन्दा माथि निशान छाप र तसमुनि सन्देश लेखिएको छ […]

प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

७ कात्तिक काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् । गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक […]

संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई सभापति देउवाको आग्रह

६ कात्तिक  काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने भनि सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको बताउनुभएको छ । सभापति देउवाले विहीबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै जनताप्रति सरकार सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख रहेको बताउनुभएको हो । […]

भारतीय गुप्तचर ‘रअ’ प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि

६ कात्तिक काठमाडौँ – बुधबार अचानक काठमाडौँ आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभएको छ । ‘भारतीय गुप्तचर संस्था […]