समाचार
सिरहाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
२८ पुष, सिरहा – सिरहाको लहान नगरपालिका–१२ पडरिया चोकबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान–१२ घर भएका २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र १९ वर्षीय साजन चौधरी छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको […]
जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
१५ मङ्सिर, कर्णाली – जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी […]
प्रहरी विद्यालय कार्यक्रम अन्तर्गत नेश्नल एकेडेमीमा समिति गठन
काठमाडौँ – नेपाल प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत नेश्नल एकेडेमीमा समिति गठन गरिएको छ । बुद्धनगरस्थित विद्यालयमा नै एक कार्यक्रममाबीच समिति गठन गरिएको हो । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी बृत्त नयाँनेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक मिम बहादुर लामाले विद्यालयको विद्यार्थीको कारण पनि धेरै अपराधिक क्रियाकलाप रोकिने बताउनु भयो । उहाँले भन्नुभयो, धेरैलाई गारो पर्यो […]
आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै
१५ मङ्सिर, काठमाडौं – सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा थिए । उनीहरु ३७ दिनपछि इजलासमा फर्किँदैछन् । अव सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला […]
राप्रपाको महाधिवेशन आजदेखि, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको दौडमा
१५ मङ्सिर, काठमाडौं – राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा०को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका […]
दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
१५ मङ्सिर, एजेन्सी – दक्षिण कोरियामा पनि कोभिड(१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसीए०का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू […]
प्रधानन्यायाधीश विवाद : न्यायदिने श्रीमानहरु नै अस्त व्यस्त, कस्ले दिने न्याय ?
१० मंसिर, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘न्यायिक विचलन’ को आरोप लगाउँदै सहकर्मी न्यायाधीशहरूले इजलास अस्वीकार गर्न थालेको एक महिना पुगेको छ । कानुन व्यवसायीका साथै कानुन क्षेत्रका संस्थाहरूले निरन्तर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश जबरा भने सडकबाट माग्दैमा राजीनामा नदिने भन्दै पदमै रहने बताइरहेका छन् । न्याय परिषदको बैठक बस्न नस्कदा न्यायाधीशहरुको सरुवाबढुवा हुन सकेको छैन […]
हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध
६ मंसिर, एजेन्सी – अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको […]
चिसो बढ्न थाल्यो, जाडोयाममा हुन सक्ने सङ्क्रमणबाट कसरी जोगिने ?
६ मंसिर, एजेन्सी – जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका सङ्क्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएको देखिएको छ। तर चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन्। त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने […]
दाइजो नदिएको रिसमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
५ कार्तिक, राजविराज – श्रीमती हत्याका आरोपित सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ पक्राउ परेका छन् । श्रीमतीको हत्याको आरोपमा लुकमानलाई पक्राउ गरी आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका इन्स्पेक्टर बिरेन्द्रकुमार पासवानले बताए । रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटक–पटक […]



