समाचार
मालीमा आतङ्ककारी हमला कम्तीमा सोह्र जना सैनिकको निधन
२२ आश्विन, काठमाडौं – मालीमा त्यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले त्यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ । मध्य मालीको बान्डिगारा बाटोमा सेनाको […]
बिवाह बन्धनमा बाधिए फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रिया कट्वाल
२२ आश्विन, काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच विहे भएको छ । उहाँहरु आज शुक्रबार विशेष छेको पारेर बिवाह बन्धनमा बाधिनुभएको हो । गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा परिवार र आफन्तको उपस्थितीमा विहे भएको हो । उहाँहरुले गत महिना इन्गेजमेन्ट गर्नुभएको थियो ।
नाम मात्रको सुपथ मूल्य पसल ! न धेरै छुट न सामान नै पर्याप्त
२२ आश्विन, काठमाडौँ –सरकारले हरेक वर्षको चाडपर्वलाई लक्षित गर्दै दसैंअघि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा खाद्यान्न पाइने भनेर उपभोक्ता पनि उत्साहित हुने गर्छन् । तर, यस्ता पसलले जनअपेक्षा पूरा गर्न सकेको छैन । सहुलियत पसलको जिम्मेवारी पाएकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङले ठूलो सहुलियत […]
निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलियो
२२ आश्विन, काठमाडौँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का […]
बदलिदियो स्काइअप एयरलाइन्सले एयर होस्टेसको पोशाक (फोटो फिचर)
२२ आश्विन, एजेन्सी- संसारभरका एयरलाइन्सले आफ्ना एयर होस्टेसहरूका लागि स्टान्डर्ड पोशाक बनाएका हुन्छन्। आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडानका एयर होस्टेसले हिल र स्कर्ट लगाएका हुन्छन्। युक्रेनको स्काइअप एयरलाइन्सले भने यो पोशाक बदलिदिएको छ। उक्त एयरलाइन्सको जहाजमा यात्रुलाई स्वागत र विदाइ गर्ने एयर होस्टेसले अब स्निकर्स, ट्राउजर र सुट लगाउने छन्। समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको निजी कम्पनीद्वारा […]
प्रेम आले पर्यटन र रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै
२२ आश्विन, काठमाडौँ – चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो । स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएउनुभएको हो। नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई […]
अध्यक्ष कमल थापामाथि गुटबन्दीको आरोप
२२ आश्विन, काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उहाँलाई गुटबन्दीको आरोप लागेको छ । राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खानुभएको थियो । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो […]
आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै
२२ आश्विन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुधएको छ। सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उहाँले मन्त्री हुनेहरूको नाम माग्नुभएको हो। आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको दाबी छ।बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। माओवादीबाहेक […]
शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने
२१ आश्विन,काठमाडौँ – बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गठबन्धनमा सामेल पाँच दलमध्ये चार दल मन्त्रिमण्डलमा सहभागी हुने छन् भने जनमोर्चा सहभागी नहुने बताइसकेको छ । गठबन्धनका दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले […]
काठमाडौंको मुख्य नाका नागढुंगाबाट हटाइए सबै प्रहरी
२१ आश्विन,काठमाडौँ- नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ। चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवन थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको हो कार्यालयले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर नयाँ टोली पठाइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो। […]



