Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

धौलागिरिमा साँझसम्म लोकमार्ग खुल्ने

 २४ भदौ,बागलुङ-राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ । १८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो। सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए। साविक धौलागिरिका चार […]

लण्डनमा बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच छलफल

२४ भदौ,लण्डन-भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ। लण्डनस्थित नेपाली राजदूतावासमा रक्षा मन्त्री बेन वालेस, रक्षाराज्य मन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे छलफल भएको दूतावासले जनाएको छ । बैठकमा भूपू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको […]

(एमसीसी)बिरुद्द उत्रिएका २० जनालाइ लियो प्रहरीले नियन्त्रणमा

 २४ भदौ,काठमाडौँ-एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश कसेल करण र उपाध्यक्ष राजन थापा सुवाससहित २० जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।काठमाडौंको कोटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष […]

लागुऔषध र नगद सहित एक जना पक्राउ

२४ भदौ,काठमाडौँ-काठमाडौँको नागढुंगाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरीवन नगरपालिका – ११ का २८ वर्षीय अलोक शाह रहेका छन्। जनकपुरबाट काठ्माडौँ तर्फ आउदै गरेको बा १ प-१३९० नम्बरको पर्यटकीय बस चेकजाँच गर्दा अलोक साथबाट लागु औषध फेला परेको थियो। उनको साथबाट औषधि जन्य लागुऔषध नाईट्राभेट २८२ ट्याबलेट नाईट्रोसन कोडिन […]

९ वर्षीया बालिका बलात्कृतको अभियोगमा एक जना पक्राउ

२४ भदौ,कपिलवस्तु-पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पैसा […]

ओली र (एमसीसी) उपाध्यक्ष फातिमा बीच छलफल जारी

२४ भदौ,काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट पुगेको छ । विहीबार दिउँसो एमसीसी उपाध्यक्ष सुमार र नायब उपाध्यक्ष ब्रुक्ससहितको टोली बालकोट पुगेको हो। ४ दिने भ्रमणका लागि विहीबार (आज) बिहान मात्रै कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको एमसीसी उपाध्यक्ष […]

(एमसीसी)की उपाध्यक्ष फातिमा ओलीलाई भेट्न बालकोट

 २४ भदौ,काठमाडौँ-चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन्। बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन्। एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन् । (एमसीसी) सम्झौतालाई नेपालको […]

काबुलबाट उद्धार गरिएका ११ नेपाली दिल्लीको प्रहरी क्वारेन्टिनमा

२४ भदौ,एजेन्सी-अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारेन्टिनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन् । उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) केन्द्रमा  क्वारेन्टिनमा राखिएको थियो।  भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरि नयाँ दिल्ली पुर्‍याएको थियो । कोभिड परीक्षणपछि […]

नवनियुक्त ४४ औं प्रधानसेनापति शर्माले लिए शपथ

२४ भदौ,काठमाडौैँ-नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको ४४ औं प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा ९२० बमोजिम राष्ट्रपति एवं परमाधिपति श्रीमती विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। सपथअघि राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह लगाइदिएकी थिइन्। समारोहमा प्रधानमन्त्री […]

पुरानो बानेश्वरनजिकै फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

 २४ भदौ,काठमाडौैँ-काठमाडौंको पुरानो बानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ । पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोमा रहेको मातृका आई सेन्टर रहेको भवनको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो ।