समाचार
पत्रकार महताराको पहलमा जाजरकोट डाँडाबुदार्नका- २५ घरधुरीलाई राहत वितरण
जाजरकोटको छेडागाड नगरपालिका-९ डाँडाबुदार्न टोलमा राहत वितरण गरिएको छ । स्पेस फोरके टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र महताराको विशेष पहलमा उक्त टोलका २५ घरधुरीलाई राहत स्वरुप न्यानो कपडा वितरण गरिएको हो । पहिलो चरणमा स्वीजरल्याण्ड निवासी जया गेराल्डिनेकाे व्यक्तिगत सहयोगमा ६० थान बलांकेट, २ सय ३५ थान टोपी र केही जोर बच्चाको जुत्ता वितरण गरिएकाे थियाे। […]
छेडागाड-९ बुदार्नका एकजना भिरबाट लडेर गम्भीर घाइते !
नरेन्द्र महतारा । जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका ५४ वर्षीय देबबहादुर महतारा भिरबाट लडेर गम्भीर घाइते भएका छन् । आइतबार बिहान बुदार्नस्थित तुलधाराको भिरमा रुखमा रहेको घाँस ल्याउन जाने क्रममा उनी लडेका थिए । महतारा भिरबाट करिब ३ सय मिटर तल खसेका थिए । उनको अवस्था गम्भीर रहेको स्थानीय लोकेन्द्र महताराले जानकारी दिए । उनको टाउको, […]
छेडागाड नगरपालिका-९, डाँडाबुदार्नमा पहिलोपटक राहत वितरण
नरेन्द्र महतारा । जाजरकोटको छेडागाड नगरपालिका-९, डाँडाबुदार्नमा पहिलोपटक राहत वितरण गरिएको छ । भूकम्पको ३ महिना बित्नै लाग्दा स्वीजरल्याण्ड निवासी जया गेराल्डिनेले व्यक्तिगत सहयोगमा न्यानो कपडा वितरण गरेकी छन् । बुदार्नमा रहेका २५ घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको हो । त्यहाँ भूकम्पले सबै घर चर्किएका छन् । घर चर्किएपछि मानिसहरु बाहिर आश्रय लिन […]
साइबर अपराधको डरलाग्दो दृश्य !
नरेन्द्र महतारा । साइबर अपराध नियन्त्रण अहिलेको मुख्य चुनौति बनेको छ । प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप हुनेक्रम बढ्दो छ । यसै सन्दर्भमा साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा ललितपुरमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । सूचना प्रविधिको विकासले एकातर्फ हाम्रो दैनिक कार्यलाई सहज बनाएको छ भने अर्कोतर्फ आपराधिक समूहले यसको दूरुपयोग पनि गरिरहेका छन् […]
ललितपुर माविको वार्षिक खेल प्रतियोगिता सम्पन्न
ललितपुर माध्यमिक विद्यालयले वार्षिक खेल प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको वार्षिक क्यालेण्डरअनुसार सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा विद्यार्थीहरुले भाग लिएका थिए । यस्ता खेल प्रतियोगिताले विद्यार्थीहरुमा अनुशासनको विकास हुने हुँदा विद्यालयले खेलकुदलाई प्राथमिकता दिँदै आएको छ । खेलकुदले आपसी मित्रता, भाइचारा र प्रेमलाई उजागर गरिरहेको हुन्छ । यस्ता खेलहरुले […]
हरुवाका अनेक बहाना !
नरेन्द्र महतारा । अहिले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा शीर्ष राजनीतिक दलका नेताहरु बारम्बार भेटवार्ता गरिरहेका छन् । अचम्म लाग्दो कुरा त के भने प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमाले चुनाव हार्ने भएपछि रोइकराई गर्दै सत्ता गठबन्धनसँग सिट माग्दैछ । उसले माघ ११ गते हुने निर्वाचनमा गठबन्धनसँग ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता […]
राजीनामा दिएको एक महिनापछि बल्ल स्वीकृत !
काठमाडौं । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार जानकारी गराएको हो । यसअघि गजुरेललेआफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । […]
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प !
सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर १७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक भक्तपुर लगायतका जिल्लामा महसुस भएको छ ।
मुस्ताङमा ९० हजार विदेशी पर्यटकको भ्रमण
पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ। एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा […]
रेडपान्डा मृत अवस्थामा फेला
लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ। स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो। सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता […]



