समाचार
सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल
९ साउन, काठमाडौँ – भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो […]
आज गुरु पूर्णिमा : जीवनमा उज्यालो फैल्याउने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
९ साउन, काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी […]
वालिङका कृषकलाई भैँसी वितरण
८ साउन, काठमाडौँ – स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ वटा भैँसी वितरण गरिएको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ […]
कामपामा आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान
८ साउन, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ । उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी […]
अवरुद्ध सिस्नेरी–दक्षिणकालिकाको यातायात सञ्चालन
८ साउन, काठमाडौं– मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ । शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ । पहिलो पन्छाउन […]
सुजिता भण्डारी मृत्यु प्रकरण ः दाजु नाता पर्ने काठमाडौंबाट पक्राउ
८ साउन, काठमाडौं– चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको झापा गाउँपालिका–६ शरणमति […]
भोलिदेखि लामो दूरीका यातायात सञ्चालन हुने
८ साउन, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड […]
अवैध लागूऔषधसहित दुई पक्राउ
८ साउन, काठमाडौं– अवैध लागूऔषध चरेससहित प्रहरीले कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । टिकापुर नगरपालिका–८ सत्ती पुलस्थित सडकबाट ३० ग्राम ३ मिलिग्राम अबैध लागूऔषध चरेस सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने १९ वर्षिय राहुल रावल र बर्दिया गेरुवा गाउँपालिका–४ कटेजपुर बस्ने १९ वर्षीय जनक धामी रहेका […]
आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण
८ साउन, काठमाडौं– काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोनाको खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण […]
नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन
८ साउन, काठमाडौं– जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ । नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको […]



