Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

८ साउन, काठमाडौं– कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् । लालपूर्जामा भएको जग्गा अरुले नै कमाउँदै आएको पूर्वकमैयाको भनाइ छ । लालपूर्जा पाएर पनि जग्गा […]

यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

९ साउन, काठमाडौं– यौन दुव्र्यवहार गरेको अभियोगमा अर्घाखाँचीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जंगलमा […]

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

८ साउन, काठमाडौँ – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । प्रदेशमा ११ मन्त्रालयमध्ये माओवादी केन्द्रको भागमा परेका ४ मन्त्रालयको टुंगो लागेको छ ।माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, कृषिमा चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ । […]

काठमाडौंमा भूकम्पको धक्का महसूस

८ साउन, काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३।५ म्याग्नेच्यूडको मापन गरिएको छ । यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ […]

लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

७ साउन, काठमाडौं– लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया […]

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

७ साउन, काठमाडौं– एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवनरक्षाका […]

रासायनिक मल नपाउँदा किसान चिन्तित

७ साउन, काठमाडौं– धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान […]

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

७ साउन,काठमाडौं– झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाइएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री […]

स्वाथ्य मन्त्रालयले भन्योः तेस्रो लहर चुनैतीपूर्ण हुनसक्छ, बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

७ साउन, काठमाडौं– नेपालमा कोरोना संक्रमण दर फेरी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो। मन्त्रालयले विज्ञप्तीमार्फत अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन समेत विज्ञप्तीमार्फत भनेको छ । विज्ञप्तीमा […]

आज १० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो

७ साउन, काठमाडौं– चीनबाट आज (बिहीबार) १० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । […]