समाचार
कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु दुई लाख
२९ असार, काठमाडौं– दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० […]
नेपाललाई जापानले १६ लाख डोज अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप दिने
२९ असार, काठमाडौं– जापान सरकारले नेपाललाई कोभ्यक्स अन्तर्गत अक्सफोर्ड अस्ट्राजेनेकाको खोप दिने भएको छ । जापानले नेपाललाई उक्त खोप १६ लाख डोज उपलब्ध गराउने जनाएको हो । कोभ्याक्सअन्तर्गतको उपलब्ध हुने खोप दिन लागेको काठमाडौंस्थित जापानी दतावासले जनाएको हो । उक्त सुविधाअन्तर्गत नेपाललाई खोप दिने घोषणा जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले गरेका हुन्। उपलब्ध हुने खोपहरु जुलाई […]
सर्वोच्चको फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली
२९ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । यद्यपि फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको भनाइ छ । प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाए । उनले […]
विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी
२९ असार, काठमाडौं– उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला पर्नुभएको थियो । उहाँ उच्च […]
महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा
२९ असार, काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओली सत्ताच्युत भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा दिएका हुन् । बडाल गत चैत ६ गते उनी अघिका महान्यायाधीवक्ता अग्नी खरेलले राजीनामा दिएपछि महान्यायाधीवक्तामा नियुक्त भएका थिए । बडाल र उनीअघिका महान्याधीवक्ता खरेल दुवैले संसद विघटन भएपछि सरकारको तर्फबाट बहस […]
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
२९ असार, काठमाडौं– पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो […]
लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ
२८ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरी उममहानगरपालिका–४ गैरीगाउँ डेरा गरी बस्ने तेह्रथुम म्यागलुङ्ग घर भएका ३४ वर्षीय दुर्गा बहादुर रसाईलीलाई ५३ ग्राम २ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद ९८ हजार १ सय ७५ रुपैयाँ र १ थान तौल नाप्ने डिजिटल उपकरण सहित आइतबार साँझ पक्राउ […]
अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने
२८ असार, काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री […]
कोभ्याक्समार्फत अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुग्यो
२८ असार, काठमाडौं– संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको जोनसोन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले कोभ्याक्समार्फत दिएको एक डोज मात्र लगाए हुने खोप काठमाडौं आइपुगेको हो । उक्त खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजे आइपुगेको खोप अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा […]
हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै
२८ असार, काठमाडौँ – चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका […]



