Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

१२ असार, काठमाडौँ – कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताएका छन् । उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाए । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने […]

माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने

१२ असार, काठमाडौँ – ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता […]

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

१२ असार, काठमाडौँ – कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सक्नु भएको छैन । आवश्यक कागजात पुरयाउन नसक्दा उहाँ भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उहाँ चिन्तित हुनुहुन्न । […]

आजको मौसम कस्तो छ रु कुन-कुन प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ?

१२ असार, काठमाडौँ – मौसमी वायुको प्रभावका कारण आज मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार धेरै स्थानमा पानी पर्ने र पाँच प्रदेशमा भारी वर्षा हुनेछ । प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । यसै गरी आज (शनिबार) राति […]

ब्राउनसुगरसहित झापाबाट दुईजना पक्राउ

११ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–२ झापा बजारबाट ७ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँका ३२ वर्षीय बिशाल मडीलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी झापाकै बाह्रदशी गाउँपालिका–२ जनता बजारबाट पनि १६ […]

थपिए २४७६ नयाँ संक्रमित, थप ५४५५ संक्रमणमुक्त

११ असार, काठमाडौं– गएको २४ घण्टामा नेपालमा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमण भएका छन् भने थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

त्रिविका स्नातक तहका रोकिएका परीक्षा साउन ५ गतेदेखि

११ असार, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित परीक्षा साउन ५ देखि सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएका स्नातक तहका स्थागित परीक्षा त्रिविले साउन ५ देखि सुरु गर्न लागेको हो । परीक्षा सुरु गर्नका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका पनि प्रकाशित गरिसकेको छ । प्रकाशित तालिका अनुसार त्रिविले स्नातक […]

भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने

११ असार, काठमाडौं– कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ बाट लगाउन सुरु गरिने भएको छ । चीन सरकारले पछिल्लोपटक उपलब्ध गराएको खोप लगाउनेहरुलाई दोस्रो डोज खोप लगाइने भएको हो । दोस्रो मात्रा खोप असार २२ गतेबाट लगाने स्वास्थ्य सेवा विभागले जनायो । पहिलो मात्रा खोप लगाएका तीन लाख ७० हजार जनालाई नै असार […]

एटीएम मेशिन तोडफोड आरोपमा पक्राउ

११ असार, काठमाडौं– भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार […]

१३ वर्षिया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक पक्राउ

११ असार, काठमाडौं– जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अर्जुनधारा नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती […]