Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

चार सातापछि कोरोनाको संक्रमण ओरालो लाग्छः स्वास्थ्यमन्त्री

१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्ृदयेश त्रिपाठीले अबको चार सातापछि कोरोना संकमण दर घट्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसहरुको आवतजावतमा प्रभाकारी नियन्त्रण नभएकाले संक्रमण दर अपेक्षा गरेअनुरुप घट्न नसकोको बताए । उनले भने, ‘अबको चार सातामा संक्रमणदर क्रमश घट्दै जाने देखिन्छ ।’ पछिल्ला केही दिनको तथ्यांक हेर्दा नेपालमा दैनिक […]

संविधानको व्यवस्था कार्यान्वयन गर्न नागरिकता विधेयक अध्यादेशमार्फत ल्याएको महान्यायाधिवक्ता कार्यालयको दाबी

१० जेठ, काठमाडौं– अध्यदेशमार्फत आएको नागरिकता विधेयक संविधानसम्मत नै रहेको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको ‘नागरिकता संशोधन (पहिलो संशोधन), २०७८’ जारी गरिएको थियो । अध्यादेशमार्फत आएको उक्त विधेयकको चर्को आलोचना सुरु भएपछि आज महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन गर्दै अध्यादेशमार्फत आएको विधेयक संविधानसम्मत रहेको दाबी गरेको छ । अध्यादेशमार्फत जारी […]

नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन

१० जेठ, काठमाडौं– नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन भएको छ । उहाँको ७५ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साहित्यकार डा.गिरीको ह्ृदयघातका कारण आइतबार राति १० बजे निधन भएको हो । उहाँ लामो समयदेखि अल्जाईमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । साहित्यकार डा. गिरीको ‘निर्बन्ध’, […]

उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

१० जेठ, काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ । कोरोना संक्रमण अपेक्षित रुपमा नघटेपछि उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । उपत्यकामा यसअघि घोषित निषेधाज्ञा जेठ १३ गते रातिदेखि सकिदैँछ । ‘निषेधाज्ञा गरेपनि संक्रमित संख्या उल्लेख्य नघटेकाले भाल पुनः उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको छलफल हुँदैछ […]

भोजपुरका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

१० जेठ, काठमाडौँ – भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी […]

राष्ट्रपतिद्वारा नेपाल नागरिकतासम्बन्धी संशोधन अध्यादेश जारी

९ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन),२०७८ अध्यादेश जारी गर्नुभएको छ । अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यो व्यवस्था अनुसार अध्यादेश ल्याउने निर्णय गरेको थियो । मधेश केन्द्रित राजनीति गर्ने दलको मागअनुसार यो अध्यादेश जारी भएको हो । यो […]

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

एजेन्सी- भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले […]

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

एजेन्सी– चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको […]

लालिगुराँस युवा क्लबद्वारा अतिआवश्यक स्वास्थ्य सामाग्री वितरण

९ जेठ, काठमाडौँ – रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ मा फुलासी लालिगुराँस युवा क्लबले अतिआवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । क्लबले स्वास्थ्य सामाग्री उपस्वास्थ्य चौकी फुलासी, प्रहरी चौकी फुलासी, स्वास्थ्य सहरीकेन्द्र आरुबोटे, आधारभूत स्वास्थ्य केन्द्र पोखरी लगायत वडा नम्बर १३ का बासिन्दालाई लक्षित गरेर वितरण गरेको हो । क्लवले १३ हजार थान मास्क, […]

वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठलाई कोरोना संक्रमण

९ जेठ, रामेछाप – दोरम्बा गाउँपालिकाका ,२ का वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ रुघा खोकी लाग्ने समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । वडाअध्यक्ष श्रेष्ठ दोस्रो चरण कोरोना लहर सुरु भएपछि जनता सेवाको लागि अस्पतालमा स्वास्थ्य सामाग्री तथा आइसोलेसन बेडहरु बनाउन व्यस्त थिए । आफूलाई कोरोनासँग […]