समाचार
फेवा तालको आकार बढ्यो !
१५ फागुन काठमाडौँ – पोखरामा रहेको फेवातालको आकार बढेको छ । साढे ४ वर्गकिलोमिटर रहेको तालको आकार पौने ६ वर्गकिलोमिटर पुगेको हो । तालको सिमाना अध्ययन गर्न गठित समितिले ४० वर्षअघिको आकारमा ताललाई पुर्याउन सकिने प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ । वि.सं.२०३८ मा आईयुसीएनको प्रतिवेदनले तालको आकार ५.८ […]
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
१५ फागुन काठमाडौं – सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी – १२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा […]
४ दिन देखि बेपत्ता दम्पतीको विषयमा के गर्दै छन प्रहरी ?
१४फागुन काठमाडौं – चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन । […]
‘ड्राइभिङ लाइसेन्स’ फाराम भर्नेको संख्या ५ लाख बढी,परीक्षा उत्तीर्ण गरेकाले एक महिनामा लाइसेन्स पाउने,
१४ फागुन काठमाडौं – नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण ९मास प्रिन्टर० को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक […]
१२ किलो गाँजा सहित एक जना पक्राउ
१४ फागुन काठमाडौं – म्याग्दी , मालिका गाउँपालिका – २ मा अवैध १२ किलो लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३४ वर्षीय होम बहादुर पुन रहेका छन् । पुनलाई हिजो बिहान पक्राउ गरेको हो । पुनले बाख्राको खोरमा करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा […]
‘कागजको ऐना हेरे जस्तो महसुस भयो’
१४ फागुन काठमाडौं – हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उहाँले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उहाँभन्दा उमेरले केही पाको मदनकृष्ण श्रेष्ठको हाउभाउ पनि उस्तै । उहाँका कुरैपिच्छे हाँसोका पेटारा भरिएका हुन्छन् । हास्यव्यङ्ग्य क्षेत्रमा कहलिएको […]
पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
१४ फागुन काठमाडौँ – पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी […]
सहायक प्रधानाध्यापक मृत अवस्थामा भेटिए
१४ फागुन काठमाडौं – घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चा सहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर […]
झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला
१४ फागुन काठमाडौं – झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिर पछाडि सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा सोही उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक सुनार मृत अवस्थामा फेला परेका […]
काभ्रेमा लागूऔषध सहित एक जना पक्राउ
१४ फागुन काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–९ मंगलटार बजारबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–१० बस्ने २२ वर्षीय घर्मेन्द्र कुमार रहेका छन्। उनको साथबाट प्रहरीले एक सय थान डाइजेपाम, एक सय थान फेनारगन र एक सय थान नोर्फिन बरामद गरेको छ। प्रहरीले उनलाई आवश्यक कारवाहीका […]



