Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पर्सा । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले नै हत्या […]

जिम्बावेविरुद्ध खेल्ने भारतको टिम घोषणा

काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । भारतले केएल राहुलको कप्तानीमा टोलीको घोषणा गरेको हो । बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुल कप्तानीमा फर्किएका हुन् । यस अघि राहुल कोभिड-१९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए । भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो […]

राष्ट्रपति भवनअघि आत्मदाह गर्न भन्दै शरीरमा पेट्रोल खन्याउन खोज्ने निहारिका पक्राउ

काठमाडौं – आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग […]

बन्द भएको ३३ वर्षपछि औशी र पूर्णिमा हाटबजार पुनः सुरु

पाँचथर – इतिहास संरक्षण गर्ने अभियान स्वरुप पाँचथर सदरमुकाम फिदिम(४ जोरसालमा ३३ वर्षअघि बन्द भएको औशी र पूर्णिमा हाट बजार आजबाट लाग्न थालेको छ । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सुरक्षा निकायका प्रमुहरु, फिदिम ४ का वडाअध्यक्ष उपेन्द्र लावती, फिदिम १ का वडा अध्यक्ष गजाधार भट्टराई लगायतले […]

२४ घण्टामा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि, २ जनाको ज्यान मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । […]

१२ वर्षे जात्रा सञ्चालन तथा व्यवस्थापन मुल समितिको संयोजकमा मेयर गजेन्द्र महर्जन

२७ साउन, काठमाडौँ -ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका नवदूर्गा भवानी देवी गुठीले आफ्नो १२ वर्षे जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरेको छ । गुठीले विहीबार पत्रकार सम्मेलन गरेर १२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा २७ जनाको मुल व्यवस्थापन समिति गठन गरिएको जानकारी गराएको हो । यसका […]

नेपाल मंकिपक्सको उच्च जोखिममा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ । छिमेकी मुलुक भारतमा मंकिपक्सका कारण एक जनाको मृत्यु भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा […]

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्की – कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र […]

यस कारण पिउने ‘ ग्रीन टी’

एजेन्सी – वैज्ञानिकहरुल गरेको एक अध्ययन अनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ । भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टी’ ले क्यान्सरका जीवाणुको […]

मङ्कीपक्सका कारण अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

एजेन्सी । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको […]