Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

एकैदिन १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

३० भाद्र  काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण

३० भाद्र काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो । ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको […]

पीसीआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

२९ भाद्र काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– […]

पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए

२९ भाद्र काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

गुणस्तरहीन स्यानिटाइजरले स्वास्थ्यमा जोखिम, साबुनपानी नै हितकर

२९ भाद्र  काठमाडौं – धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला रु त्यसमाथि बच्चाको हातमा पर्‍यो भने रु यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न […]

अक्सफोर्डको कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु, खोप यसै वर्षभित्र आउने दाबी

२९ भाद्र काठमाडौँ-बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले […]

काठमाडौं उपत्यकामा आइतबार ५९७ संक्रमित थपिए

२८ भदौ  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ४ सय ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । […]

कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने : अध्ययन

२८ भाद्र काठमाडौँ – कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका छन् । उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या […]

बेसार पानी र गुर्जो प्रभावकारी भएको कोरोना संक्रमण जित्नेहरुको दावी

२७ भाद्र  काठमाडौं – कोरोना संक्रमण जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेसार पानी र गुर्जो प्रभावकारी भएको बताएका छन् ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका कर्मचारी शिवहरि आचार्यले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको दाबी गर्नुभयो । आचार्यले कोरोना पुष्टि भएपछि परिवारसँग छुट्टै रहेर होम आइसोलेसनमा बसेको बताउनुभयो । […]

मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

२७ भाद्र काठमाडौँ – औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएकोले स्यानिटाइजर उत्पादन गरेका उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारीगरेको हो […]