स्वास्थ्य
नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण
श्रावन, १९ काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ […]
काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिए
श्रावन, १९ काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिन देखि संक्रमितको संख्या उल्लेख्यरुपमा थपिने क्रम निरन्तर रहदा सोमबार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिएका हुन् । राष्ट्रिय […]
मास्क लगाउन र दूरी कायम गर्न नेपालीलाई डब्ल्युएचओको अपिल
श्रावन,१९ काठमाडौं – विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन्। पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमण कम गर्न एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण छ । तर मानिसहरुको भिडभाड […]
देशभर नेपाल प्रहरीका २ सय ६७ जनामा कोरोना संक्रमण
१९ श्रावण, काठमाडौँ काठमाडौँ कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर खटिइरहेकामध्येको एक नेपाल प्रहरीमा हालसम्म देशभर २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी एक सय ५० जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म छन् । एक […]
संक्रमितलाई वितरण गरेको खाजामा किरा
१९ श्रावण, काठमाडौँ विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किारा भेटिएको छ । खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो । बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताइन् । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर […]
भारतमा कोरोनाका कारण एकसातामा २५ नेपालीको मृत्यु
काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स, नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा गतहप्तामात्रै विभिन्न मितिमा ज्यान गुमाउने नेपालीको संख्या २५ पुगेको छ। भारतको महाराष्ट्रमा रहेका नेपालीहरुकोरोनाबाट बढी […]
सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासहित उहाँको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । […]
सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि
काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि […]
सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना पुष्टि
वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले बताए । सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक […]
२४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण, थप १ सय ३० जनामा कोरोना पुष्टि
श्रावण ११, काठमाडौँ पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ सय ३० नयाँ संक्रमित थपिएको जानकारी दिनुभएको हो । यो संगै देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । […]



