Date
बुध, बैशाख ५, २०८१
Wed, April 17, 2024

स्वास्थ्य

कोरोनाभाइरस संक्रमितको नयाँ रेकर्ड, विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना

एजेन्सी-कोरोना भाइरसको दैनिक संक्रमितको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० जनामा संक्रमण फेला परेको हो । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिकामा कोरोना संक्रमित भेटिएको समाचार छ । यस अघिको रेकर्ड भने २ लाख २८ […]

कोभिड–१९ पहिलो खोपका क्लिनिकल परीक्षण सफल भएको दावी

एजेन्सी-रूसको सेचेनोभ विश्वविद्यालयले काेराेनाभाइरसकाे पहिलो खोपका क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ । खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टीका सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ, इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभले रुसी समाचार संस्था स्पुतनिकलाई बताएको जनाएको छ । विश्वविद्यालयले गत जुन १८ मा रुसको गमलेइ एपिडेमिलोजी […]

उपत्यकामा २३ सहित आज देशरी २ सय ५५ जनामा कोरोना पुष्टि

काठमाडौँ-बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित देशभर २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गएको २४ घन्टामा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २ सय ५५ जना नयाँ संक्रमित फेला परेको जनाएको हो । मन्त्रालयको पछिल्लो […]

काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिए, २४ घन्टामा देशभर १ सय ८० जना संक्रमित

काठमाडौँ—काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ । देशभर यो २४ घण्टामा १ सय ८० जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण भेटिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका […]

नेपाल वायुसेवा निगमका ३ पाइलट सहित ७ जनालाई कोराना संक्रमण

काठमाडौँ-नेपाल वायुसेवा निगमका पाइलट सहित ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा नेपाल एयरलाइन्सका पाइलट सहित ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । त्यसमध्ये ३ जना पाइलट र अन्य क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम खड्काले बताउनुभयो । संक्रमितहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा […]

काठमाडौं उपत्यकाका १० वटा अस्पतालमा कोरोना संक्रमण

काठमाडौं काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । आइतवार एकै दिन ३० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आइतवार सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै धेरै २७ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एकजना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार आइतवार […]

नेपालमै कोरोनाविरुद्धको खोप बनाएको डाक्टर दासको दाबी, विश्व स्वास्थ्य सङ्गठनका अधिकारीसँग असार २ गते बैठक बस्ने

काठमाडौँ-कोभिड १९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । विश्वभर करिब ८० समूहले कोरोना विरुद्धको खोप अध्ययनमा लागि परेको विश्व स्वास्थ्य संगठनले जानाएको छ । तर पनि सफलता मिलेको छैन, वैज्ञानिकहरुले भनेका छन कि हामी सफलताको नजिक छौँ । यहि माझमा जडीबुटीको खानी रहेको नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास […]

महामारीका बेला तीन सय बढी डाक्टर घर फर्कंदै

काठमाडौँ-सरकारले समयमै निर्णय नगर्दा एमडी अध्ययन गरिरहेका करीब तीन सय चिकित्सकहरु घर फर्किने भएका छन् । बढ्दो कोरोना संक्रमणका बेलामा थप चिकित्सक चाहिने अवस्थामा त्रिवि शिक्षण अस्पताललगायत धरान र पाटनमा डाक्टरहरुको थप अभाव हुने देखिएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका तीन सय बढी रेजिडेन्ट चिकित्सकहरुको अवधि यसै महिनादेखि सकिन सुरु हुँदै छ । आउँदो […]

एक दिनमा आज सम्माकै सबै भन्दा धेरै आज कोेरानाबाट संक्रमित

एजेन्सी- गत २४ घण्टाभित्रमा विश्वभरिमा १ लाखभन्दा बढी मानिसहरुमा नया संक्रमण भेटिएको छ । उक्त कुराको जानकारी दिदै विश्व स्वास्थ्य संगठनले एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना भएको जनाएको छ । कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका […]

कोरोनाबाट जोगिन म हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको छु : डोनाल्ड ट्रम्प, के भन्छन् विज्ञ ?

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको जनाएका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने उनले केहि दिन देखी हाइड्रोक्सीक्लोरोक्विन लिन शुरू गसकेको छु, जुन औलो र ल्युपसको उपचार गर्न प्रयोग गरिने औषधि हो । उनले भने, “मैले यो औषधि करीव डेढ हप्तादेखि लिइरहेको छु र तपाईको […]