Author: Sawal Media
दुई तिहाइमा पनि आएन लगानी
काठमाडौं – वर्ष दिनअघिसम्म मुलुकमा लगानीमैत्री वातावरण नहुनुमा राजनीतिक अस्थिरतालाई मूल कारक भनिन्थ्यो। मजदुर हडताल, राजनीतिक आन्दोलनलगायत समस्याले पनि लगानीको वातावरण बन्न नसकेको बताइन्थ्यो। तर, अहिले यी समस्या समाधन भइसकेका छन्। दुई तिहाइको स्थिर र मजबुत सरकार छ। सबै दलले पहिलो अजेन्डा आर्थिक विकास भनेका छन्। यसका लागि स्वदेशी र विदेशी दुवै लगानीको स्वागत गरिरहेका छन्। […]
फास्ट ट्रयाक : सेनाले माग्यो अतिरिक्त ६८ करोड
काठमाडौं – नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ। सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो। करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ। सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न […]
सञ्चारमन्त्रीको निर्देशनमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा
काठमाडौं – सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । धेरै विवाद आएको भन्दै मन्त्री बास्कोटले झा लाई राजीनामा दिन निर्देशन दिएका थिए । झाले राजीनामा दिएको मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ। त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए । झालाई बर्खास्त गर्न माग […]
कृष्टल गहना निर्माण प्रशिक्षण सुरु, स्थानिय स्तरमा उद्यमी तयार पार्ने लक्ष्य
बागलुङ जिल्ला जैमिनि नगरपालिकाले कृष्टल गहना उद्यमी निर्माण गरि व्यसायिक र प्रशिक्षण उत्पादन गर्न ४ दिने तालिमको आयोजना सुरु गरिएको छ। तालिमको उद्घाटन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले आधा आकास भनिने महिलालाई मानसिक रुपमा केही गर्नु पर्छ सीप ज्ञान सिकाई ब्याबसायिक उद्यमि तयार गर्न तालिम दिएको बताए। उप प्रमुख लिला रानाले आधा धर्ति महिलाको […]
जैमिनिका मानिसको धारणा : मानिस भएर जिउने बाटो देखायो
बागलुङ ग्रामिण दलित महिलारुको जिवन एक्कौ शताब्दिको लोकतान्त्रि गणतन्त मुलुकमा हहिले पनि अझै सामन्त र पुजिपतिको दास भयर जीवन जिउनु परेको अवस्था भोगिरहेको कुरा तालिमको सहभागिहरुले बताए। जैमिनि नगरपालिकाको दमेकमा भयको दलित तथा महिला शसक्तिकरण तालिम समापनको अवसरमा सहभागिहरुले जातिय र लिङ्गिय दोहोरो विभेदको सिकार हुनु परेको पनि बताएका थिए । तालिमको समापन समारोहमा बोल्दै […]
शहीद स्मारक ए डिभिजन लिगमा ११औँ चरणका खेल आजदेखि
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबारदेखि ११ औँ चरणका खेल हुँदैछन्। बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। बिहान ११ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने हुनेछ। १० खेलबाट १४ अंक जोडेको हिमालयन आठौँ तथा ६ अंकसहित ब्रिगेड ब्वाइज १२ औँ स्थानमा छ। बुधबार नै हुने […]
जनप्रतिनिधिको तालिममा ४० करोड खर्च
काठमाडौं – सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौं तालिम सञ्चालन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ। सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन, एकीकृत सम्पत्तिसम्बन्धी र सामाजिक समावेशीकरण गरी […]
फर्किंदैन ३३ किलो सुन ! कहाँबाट पुग्यो भारत ?
काठमाडौं – मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ। सुन र […]
पर्यटनमन्त्रीले ढाँटे कि महालेखापरीक्षकले ?
काठमाडौं – ‘महालेखापरीक्षकको प्रतिवेदनले वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत भएन भनेर २०७४ चैतमा देखाएको छ । सच्याउन निर्देशन दिएको छ । मन्त्रीज्यू कानुनको पालक हो । यस्तो देख्दादेख्दै पैसा किन पठाउनुभयो रु यसमा मन्त्रीज्यूलाई थाहा भएन कि रु थाहा भए पनि बलमिच्याइँ गर्न चाहनुभएको हो ? ’ संसद्को सार्वजनिक लेखा समिति वाइडवडी छानबिन उपसमितिको बैठकमा मंगलबार […]
टर्कीबाट फर्किए ३०० नेपाली
काठमाडौं – टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन्। मंगलबारसम्म झण्डै ३०० नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन्। काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्लोइमेन्ट सर्भिस ९९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो। कम्पनीले एक वर्ष पुग्न लागेका […]



