Author: Sawal Media
कोरोनाबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत
२८ बैशाख, काठमाडौँ-नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत रहेको छ । देशभरि पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोभिड–१९ संक्रमित संक्रमण मुक्त भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । आज ९ हजार ४ सय ८३ नयाँ सङ्क्रमित भेटिएका छन् । […]
रामेछापमा एकै दिन ८१ जनामा संक्रमण पुष्टि
२८ वैशाख, रामेछाप– रामेछाप जिल्लामा एकै दिन ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न ठाउँबाट स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका २ सय ७ जना भध्ये मंगलबार अहिले सम्मकै ठूलो संख्यामा ८१ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब लिएका मध्ये ५० जना, जिल्ला अस्पतालबाट […]
अनुरागका २ मुक्तक
२५ बैशाख, काठमाडौँ- मुक्तक: राजनीति झुटको आदर्श भो राजनीति टिक्दैन नैतिकता त्यहाँ ! जो सिक्छ आफु मात्र बाँच्न सिक्दैन नैतिकता त्यहाँ ! राजनीति त प्रजाको भलाईमा हुन्छ जो छैन कसै संग, हो आदर्श राजनीतिको पैसामा बिक्दैन नैतिकता त्यहाँ ! मुक्तक: तिमी नबोलेर गयौ तिमी नदेखे झै गरी ! फर्कि फर्कि हेरेँ तिमिलाई मैले घरि घरि […]
मिरमिरेमा धपक्क बलेको रानी पोखरीको अदभुत दृष्य
२४ बैशाख, काठमाडौँ – २०७२ सालको महाविनासकारी भूकम्प पश्चात् रानी पोखरी पुनः निर्माण सम्बन्धी विवाद र अभियान चलेको थियो । काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनःनिर्माण गर्ने योजना बनाएपछि समुदायबाट विरोध भयो । फलतः सन् २०२० मा रानी पोखरी परम्परागत शैलीमा पुनःनिर्माण भयो । पोखरी बीचको बालगोपालेश्वर मन्दिर यस पुनःनिर्माणले मल्लकालीन ग्रन्थकुट शैलीमै निर्माण भयो […]
जिल्ला अस्पतालको यो हालत, कसरी उपचार पाउलान कोरोनाका विरामीले
२२ बैशाख, काठमाडौँ-जाजरकोट जिल्ला अस्पतालमा अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर हालसम्म पनि प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको […]
आजको कार्टुन
२१ बैशाख, काठमाडौँ –आजको कार्टुन
एमसीसी पास गर्न प्रचण्ड तयार : देउवा
१७ बैशाख काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहायोग गर्ने वचन दिइसकेको कांग्रेस सभापति देउवाले ताउनुभएको छ । एमसीसी पास गर्न मसँग प्रचण्डले सहयोग गर्छु भनेकै छन्। बाहिर उहाँले के प्रचार गरिरहनु भएको छ, त्यो मलाई थाहा भएन। नेता देउवाले भन्नुभयो । शुक्रबार कोरोना संक्रमणको संकट […]
सरकारको साँचो जसपाको हातमा, ओलीलाई हटाउन कांग्रेससँग पर्याप्त संख्या पुगेन
१७ बैशाख, काठमाडौं-सरकार पूनर्गठन गर्न गनक संख्या नपुगेको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भयो । नयाँ सरकार निर्माण गर्ने निर्णय भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन संसद्मा अझै पर्याप्त संख्या नपुगेको बताउनु भएको हो । कोरोना संक्रमणको संकट र रोकथामबारे अपिल गर्न देउवा निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो […]
स्वास्थ्य मन्त्रालयद्वारा लकडाउन गर्न सुझाव
११ काठमाडौँ | स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा चार साता लकडाउन गर्न सुझाव दिएको छ । पछिल्लो कही दिनदेखी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको हो । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सुझाव पठाएको भएपनि यसको निर्णय भने भएको छैन् । शनिबार अपरान्ह ४ बजे […]
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण
७ बैशाख काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण भएको छ । कुम्भ मेला हरिद्वार जानु भएका पूर्वराजा आइतबार स्वदेश फर्किनु भएको हो । कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजामा पनि संक्रमण देखिएको हो । कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट […]



