Author: Sawal Media
ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट
३ जेठ काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले प्रधानमन्त्री विरुद्ध चारओटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वैशाख ३१ गते शुक्रबार शपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका […]
कोभाक्समा खोप उपलब्ध गराउन सात औद्योगिक राष्ट्रसंग युनिसेफको आग्रह
जेठ, एजेन्सी- संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गर्नु भएको छ । विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ […]
अति शक्तिशाली चक्रवात “तौकताए”को प्रभाव नेपालमा पनि पर्ने
३ जेठ, काठमाडौँ- हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “तौकताए”(TaukTae) अझ बिकशित हुने क्रममा रहेको छ । उक्त चक्रवात हाल उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ। सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य […]
२६ वर्षया एन्ड्रिया बनिन् मिस युनिभर्स २०२०, एन्ड्रियाका केही रोचक जानकारी
३ जेठ, काठमाडौँ- मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी […]
सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न वाग्मती सरकारको निर्देशन
३ जेठ, काठमाडौँ- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग […]
नेपाल टेलिकमबाट अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने
३ जेठ, काठमाडौं-आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । कम्पनीले एक महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी आन्तरिक परीक्षण थालेको हो । यो सेवा सुरु भएसँगै टेलिकमका प्रयोगकर्ताले कम्पनीको मोबाइल नेटवर्क कमजोर रहेको स्थानमा अथवा नेटवर्क नै नभएको स्थानमा समेत भीओएलटीई (फोरजीमा आधारित एचडी भ्वाइस, भिडिओ र […]
ललितपुरमा बेवारिस अवस्थामा फ्यालिएका करिब पाँच सयवटा अक्सिजन सिलिन्डर भेटियो
३ जेठ, काठमाडौँ-कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार छ । यता सरकारले समेत माग बढेसँगै सिलिन्डरको अभावले गर्दा आपूर्ति हुन नसकेको धारणा राखिरहँदा ५ सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ । ललितपुरको मल पोखरीस्थित खाली जग्गामा बेवारिसे अवस्थामा फ्यालिएको अवस्थामा ती अक्सिजन सिलिन्डर भेटिएको हो ।रिब ५ सयको संख्यामा रहेका ती […]
प्रधानमन्त्री ओली र नेता नेपालबीच आजपनि छलफल हुने
२ जेठ, काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । एमाले विवाद समाधानका लागि २०७५ जेठ २ गते फर्कनुपर्ने नेता नेपालको शर्त समाधानका लागि आज फेरी छलफल हुन लागेको हो । सिंहदरबारमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा जेठ २ को अवस्थामा गएर समाधान निकाल्ने सहमति भएको छ । यसै […]
माधव नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको भाका
३० बैशाख, काठमाडौँ नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना माग सम्बोधनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम दिएको छ । चार बजेसम्ममा पनि आफ्ना मागमा सहमति नभए संसदहरुको सामूहिक राजीनामा दिने नेपाल पक्षको भनाइ छ । नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो चार बजेसम्म पनि आफ्ना माग सम्बोधन नभए […]
कांग्रेस नेताहरुले माधव नेपाल पक्षलाई उपनिर्वाचनमा सघाउने
२९ बैशाख, काठमाडौँ – नेपाली कांग्रेसका सक्रिय नेताहरुले नेकपा एमाले माधव नेपाल समुहका संसदहरुलाई उपनिर्वाचनमा सघाउने भएका छन् । केपी ओली नेतृत्वको नयाँ सरकार गठन रोक्न र कांग्रेस भसपति देउवा नेतृत्वको सरकार गठनमा सहकार्य गर्न कांग्रेस नेताहरुले नेपाल पक्षलाई सघाउने भएका हुन् । सत्ताको रस्साकस्सीमा बाजी मार्न कांग्रेसलाई एमालेका केही सांसदहरुको साथ चाहिने संसदको अंकगणीतीय हिसाबले […]



