राजनीति
नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू
३ चैत काठमाडौं – नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो। भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले […]
सर्त थप्दै सरकारमा जानुको औचित्य छैन : कांग्रेस सहमहामन्त्री महत
३ चैत काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसलाई सरकारमा जाने हतार नभएको, तर आवश्यक परे सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यकर्ता भेटघाटमा महतले ससर्त सरकारमा जान कांग्रेसलाई हतार नभएको बताए। सरकार बनाउन १३८ सिट आवश्यक पर्ने भएकाले सबैलाई मिलाउँदै सर्त थप्दै सरकारमा जानुको औचित्य नरहने, तर सबैको […]
राष्ट्रपतिको बंगलादेश भ्रमणबारे जानकारी गराएर सकियो
३ चैत काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । शीतल निवासमा ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिको बंगलादेश भ्रमणबारे जानकारी गराइएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए । बैठकमा नेता केसीले जिम्मेवार बसेको ठाउँमा बसेको व्यक्तिले अहिलेको परिस्थिति सिर्जना भएको भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण […]
झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि
३ चैत काठमाडौँ – नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण […]
सरकारलाई दिएको समर्थन माओवादीले हतारमा फिर्ता लिन्न : पुन
३ चैत काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिने बताएका छन्। माओवादी केन्द्रको संसदीय दलको बैठकपछि नेता पुनले माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन्। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाई छ। उनले […]
प्रचण्ड माओवादी संसदीय दलको नेता चयन
३ चैत काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता तथा देव गुरुङलाई प्रमुख […]
माधव नेपाल समूहको भेलामा सहभागी भए कारवाही गर्ने ओलीको चेतावनी
३ चैत काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल झलनाथ खनाल समूहले आयोजना गरेको भेलामा सहभागी भए कारवाही हुने चेतावनी दिएका छन् । चैत ४ र ५ गते सो समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्तँ भेलामा सहभागी नहुन आग्रह गर्दै ओलीले आग्रहको अवज्ञा गरे विधान अनुसार अनुशासनको कारवाही हुने बताएका हुन् । […]
जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरे : प्रधानमन्त्री
३ चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरेको आरोप लगाएका छन् । संसदलाई देश र जनताको हितमा काम गर्ने थालेका रुपमा विकास गर्न खोज्दा पनि अवरोध भएको उनको भनाईछ । बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘जनताका पक्षमा काम गर्ने हाम्रो प्रयास थियो र हुनेछ […]
बालुवाटारमा प्रधानमन्त्रीको चियापान, माधव नेपाल समूहद्वारा बहिष्कार
३ चैत काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको छ। बालुवाटारमा जारी चियामानमा एमाले ओली समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ भने माधव नेपाल समूहले चियापान कार्यक्रम बहिष्कार गरेको छ। चियापानमा पार्टी एकता अभियान चलाइरहेका लालबाबु पण्डित सहभागी छन् भने अर्का बामदेव गौतम भने […]
ओलीसँगको छलफलबारे आफ्न पक्षका नेतालाई नेपालले गरे ब्रिफिङ्
२ चैत काठमाडौँ-नेकपा एमालेको खनाल–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आफ्नो पक्षलाई ब्रिफिङ गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलबाट कुनै निष्कर्ष ननिस्कएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गर्नुभएको हो । नेपाल–खनाल पक्षको भेला आधा धण्टासम्म बसेर सकिएको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जनाकारी दिनुभयो । ‘छलफलमा […]



