राजनीति
नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो
२० फागुन काठमाडौं – सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ ।पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो । यसअघि गत […]
फागुन २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुन्छ : अध्यक्ष दाहाल
१९ फागुन काठमाडौँ – कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने दावी गर्नुभएको छ । अध्यक्ष दाहालले ऐन कानून नियम अनुसार प्रक्रिया अनुसार नै आफूहरु अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले सर्वोच्चको […]
आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा
१९ फागुन काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले […]
ज्योतिषले देउवालाई भने, ‘चैत ३१ देखि असारसम्म सावधान हुनुस्, एकतन्त्री शासन आउन सक्छ’
१९ फगुन काठमाडौं – नेपालमा राजनीतिक संकट र नयाँ सरकारको चर्चाकाबीच नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिष सँग भेट गर्नुभएको छ । औपचारिक रुपमा परामर्श नलिएपनि सभापति देउवाले अनौपचारिक रुपमा आफ्नो भावी दिनबारे बुझ्ने इच्छा देखाउनु भएको छ । बर्तमान सरकार बन्न लाग्दा (करिब ३ बर्ष अगाडि) सभापति देउवाले सार्वजनिक कार्यक्रमा नै आफूलाई ज्योतिषले ७ […]
नेम्वाङलाई नेकपा संसदीय दलको उपनेताबाट हटाउने निर्णय
१९ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनु भएको छ ।
संसदीय दलको नेता फेर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
१९ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय लैजाने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेता फेर्न सिफारिस गरेको हो । यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]
कांग्रेसले बोलायो संसदीय दलको बैठक
१९ फागुन काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा […]
सरकार र विप्लव समूहको वार्ता सुरु
१९ फागुन काठमाडौँ – सरकार र विप्लव समूहबीच वार्ता शुरू भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर देखि वार्ता भइरहेको हो। वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै […]
हत्या गरेर सडकमा पुरिइन् महिला
१९ फागुन काठमाडौं – त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ। शारीरिक रूपमा अशक्त सरस्वतीसहित […]
राष्ट्रपति हुन लोभ गर्यो भनेर गलत प्रचार गरियो : रामचन्द्र पौडेल
१९ फागुन काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाउनु भएको छ । ‘देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो’, पौडेलले भने, ‘त्यतिबेला गिरिजाबाबु मैले अझै […]



