समाचार
लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको फाईनलमा, सेप्टेम्बरमा प्रदर्शन हुने
काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने सो चलचित्र […]
जनतामाझ भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई मेयर बालेनको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जनतामाझ भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उनले उल्लेख गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पारेका छन् […]
आँबुखैरेनीमा बस दुर्घटना : उद्धार कार्य जारी
काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आबुखैरेनीमा दुर्घटना भएको छ। बस मर्स्याङ्दी नदीमा खसेको हो। दुर्घटनास्थलमा पुगेका आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार क्षतिको बारेमा एकिन नभएको र अहिले उद्धार कार्य जारी छ। बसमा ४० यात्रु सवार रहेको बताइएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक सुरू, पदाधिकारीहरूले धारणा राख्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही केही समय अघिबाट बैठक जारी रहेको हो । यसअघि साउन २३ गते २८ गतेसम्म बसेर बैठक स्थगित गरिएको थियो। बैठकमा प्रस्तुत भएका ११ वटा एजेन्डामा केन्द्रित रहेका शुक्रबार पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ । यसअघि केन्द्रीय सदस्यहरूले बोलिसकेका […]
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोडको छात्रवृत्ति दिँदै नेक
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि […]
दिगो पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीलाई प्रशिक्षण
काठमाडौँ । शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालद्वारा पर्यटन व्यवसायीहरूका लागि आयोजित प्रशिक्षण सम्पन्न भएको छ । संघीय राजधानीमा आयोजित प्रशिक्षण ज्ञान वृद्धि र दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्नमा केन्द्रित थियो। संघका अध्यक्ष तथा जैविक कृषि पर्यटन विकास अवधारणाका विज्ञ, पेमा शेर्पा संगमले जैविक कृषि पर्यटन, प्रभावकारी व्यावसायिक रणनीतिहरू, र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी पर्यटन […]
नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने
काठमाडौँ । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ । भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो । ६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम […]
सोलुखुम्बुको थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने
काठमाडौं । सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञसहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाइएको हो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले […]
काठमाडौँ महानगर शिक्षक संगठनद्वारा कविता लेखन प्रशिक्षण आयोजना
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर समितिले शिवपुरी माविमा कविता लेखन तथा शिक्षण प्रशिक्षण आयोजना गरेको छ । साउन २६ गते आयोजित कार्यक्रममा दुई सय जना शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । करिब ६ घण्टाको प्रशिक्षणको क्रममा, शिक्षकहरुलाई कविताका विभिन्न विधा र आयाम को वारेमा प्रशिक्षण दिनुभएको, प्रशिक्षकको सहजिकरणमा सहभागीहरुले आफै रचना […]
विमान दुर्घटनाः १८ जनाको मृत्यु, एक विमानचालकको उपचार हुँदैु
९ साउन, काठमाडौ-सौर्य एअरलाइन्सको एउटा विमान बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उक्त विमानमा चालकदलका दुई सदस्य र सो विमानसेवा कम्पनीका १७ प्राविधिक कर्मचारी सवार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एक विमानचालकलाई सकुशल उद्धार गरिएको र उनलाई उपचारका लागि अस्पताल लगिएको नेपाल […]



