समाचार
मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री
सवाल सम्वाददाता काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो । जहाँ पानी मन्त्री बिना मगर […]
गायक प्रमोद खरेल कचनकबल गाउँपालिकाको सद्भावना दूतमा नियुक्त
काठमाडौँ । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र […]
सिके राउतको जीवनमा आधचारित फिल्म निर्माण हुँदै, चलचित्र ३ ओटा भाषामा बन्ने
काठमाडौं – लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो […]
ग्रान्डी अस्पतालविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा
काठमाडौं – धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य डा। ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन […]
कंगोमा इबोलाको महामारी
एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकालु घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ । डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका […]
औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती
काठमाडौँ – काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् […]
देशको मध्य र पूर्वी भागमा हल्कादेखि भारी वर्षा हुने
काठमाडौँ – बिहीबार मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि भारी मात्रामा वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालबाट दक्षिण भारततर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने सम्भावना […]
गत मंसिरबाट शुरु गरिएको सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा
काठमाडौँ – गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने छन् । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा […]
आजबाट प्यान बिना तलब नपाइने
काठमाडौं – नयाँ आर्थिक बर्ष सुरु भएसँगै आजबाट आयकरको सीमा परिवर्तन भएको छ। जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ । हिजोसम्म एकललाई साढे ३ लाखमाथिको आयमा कर लाग्थ्यो । दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्थ्यो। आजबाट एकललाई चार लाख र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्छ । […]
अमेरिकी प्रतिनिधि सभाले पास गर्यो ट्रम्पमाथि विरोधको प्रस्ताव
एजेन्सी – चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ । प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ । १ सय ८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २ सय ४० भोटले पास भयो। यसमा रिपब्लिकनहरुले समेत यसमा […]



