समाचार
सुनको भाउ हाल सम्मकै उच्च, प्रतितोला ६५ हजार पुग्यो
काठमाडौं – सुनको भाउ बढेको छ । बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय पुगेको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा कारोबार भएको थियो। […]
बिराजको ‘साङ्लो’लाई गाउँपालिकाले दियो १० लाख
काठमाडौँ – नायक बिराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ यति बेला निर्माणाधिन छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायाङ्कन भइरहेको छ । चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने निष्कर्षका साथ डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको लागि छुट्ट्याएको १० लाख रुपैयाँ चलचित्र निर्माणमा खर्च गर्ने भएको छ । जेठ २७ […]
आज १४ घण्टा सुर्य देख्न पाइने
काठमाडौं – जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। […]
मोबाइलको विषयमा विवाद हुँदा पेटमा चक्कु प्रहार गरी युवकको हत्या प्रयास
काठमाडौं – बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो […]
कोपा अमेरिका कप : जापनसंग उरुग्वेको २-२ को बराबरी
एजेन्सी । कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गोलको बराबरीमा रोकिएको छ । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा र्पुयायो । उसका लागि लुइस स्वारेजले […]
भारतको हिमाचलमा बस दुर्घटना, ४४ को मृत्यु
काठमाडौँ – भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट खसेको बताइएको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए । बसमा क्षमताभन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण […]
रसुवागढीको सुरुङमा थुनिएका १७ जनाको सकुशल उद्धार
काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको […]
देशभर मनसुन फैलन एक हप्ता लाग्ने
काठमाडौं – नेपालमा मनसुन शुरु भएको छ । यो पटक औसत रुपमा १० दिन ढिला मनसुन शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र त्यसका लागि १० दिन लाग्ने महाशाखाले जनाएको छ । देशभर मनसुन फैलन झण्डै १० […]
त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला परेको थियो। ‘बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेकार ‘बम हो कि के हो, त्यो थाहा पत्ता लाग्न सकेको छैन […]
लालबन्दीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका जिल्ला ईन्चार्ज मारिए !
सवाल सम्वाददाता काठमाडौँ- सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको […]



