Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

अयोध्या नेपालमा नै पर्छ भन्ने भनाईमा सत्यता छ : ठोरीबासी

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा राजकुमार राम अयोध्याका हुन जो विरगंज भन्दा अलिकति पश्चिम पट्टिको गाउँ (ठोरी) मा हो, अहिलेको अयोध्या नक्कली आयोध्या हो भन्नुभएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति […]

आज तराई र पहाडका केही भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडाैँ-नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना छ । त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी प¥यो भने ‘भारी वर्षा’ भनिन्छ । तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन […]

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

काठमाडौं-संखुवासभामा पहिरोजाँदा ११ जना बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोले आठवटा घर बगाएको छ भने ११ जना मानिस बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको छ । जिल्ला सदरमुकामको विभिन्न स्थानमा पनि पहिरोले क्षति पु¥याएको छ । सदरमुकामको ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन […]

बबई नदीमा आएको बाढीले बगाउदा थारु दम्पती बेपत्ता

बर्दिया-बबई नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बबई नदीको खैलार […]

फेरी सुरु हुने भयो नेटवर्किङ व्यवसाय, इजाजत बाँड्न सुरु

काठमाडौ-सरकारले कानुनी व्यवस्था गरेरै नेटवर्किङ व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । धेरै सर्वसाधारण ठगिएपछि प्रतिबन्ध लगाइएको नेटवर्किङ व्यवसायलाई वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न सुरु गरिएको हो । एक दशक अघि युनिटीलगायतले गैरकानुनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी अर्बौं ठगेको गुनासोपछि सरकारले त्यस्ता व्यवसायलाई प्रतिबन्ध लगाएको थियो […]

कोसीले फेरी रुवाउने भो सप्तरीका जनतालाई, पश्चिमी तटबन्ध भत्किने खतरा

सप्तरी-केही दिनदेखीको अविरल वर्षाका कारण पहाडी क्षेत्रका सप्तकोसीमा मिसिने साना ठुला नदीनालामा पानीको वहाब बढ्दै जाँदा सप्तकोसी नदी उर्लिदै गएको छ । उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास बढेको छ । बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा […]

उद्यमी बनाैँ : एक घर एक नयाँ रोजगारको सिर्जना गरौं

स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रमको आयोजना गरेका हुन् । ती सहकारी मार्फत अचार […]

पोखराका विभिन्न स्थानमा पहिरो जाँदा ७ जनाको मृत्यु

पोखरा-अविरल वर्षाका कारण गएको परी गए राति पोखराका विभिन्न स्थानमा पहिरोमा ७ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षकी सोम माया थापा, ११ बर्षकी ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा रहेको प्रहरीले जनाएको छ । १ जना श्रेष्ठ थरका […]

भोटेकोसीमा आएको भीषण बाढीमा दुइजनाको शव फेला, धेरैजना बेपत्ता भएको आशंका

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । धेरैजना बेपत्ता भएको आशंका गरिएको छ र दुईजनाको शव फेला परेको छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँका घरहरु बाढीले बगाएको हो । बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ । गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । हालसम्म […]

सरकारलाई संसदीय समितिको निर्देशन : ट्याक्सी चलाउने व्यवस्था गरियोस

काठमाडौँ—प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम […]