ब्लग
अहिले एक घर एक परदेशी भएको छ भोलि एक घर एक आतंककारी नबनोस
कोरोना भाइरस का कारण बिदेश मा घ महिना देखि जागिर गुमाएर अलपत्र परेको नागरिक माथी सरकार उद्दार को नाउमा ३ गुणा भन्दा बडि फ्लाइटको भाडादर बडाएर खुलेआम कालोबजारी गर्दैछ राहत को नाउँमा । संकट को बेलामा एउटा माक्समा एक रुपैया बडाएर ब्यापार गरि आफ्नो गुजारा गर्ने एउटा साधारण फुटपाथको व्यापारीले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्छ । चाडबाड […]
आगामी बजेटका निर्माण एवं कार्यान्वयनका मुद्धाहरु
आर्थिक वर्ष सकिन अब लगभग एकडेढ महिनामात्र बाँकी छ । कानुन बमोजिम विभिन्न तहका सरकारहरु आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट तर्जुमा एवम निमार्णको तयारीमा छन । संघीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ भने अबको अर्को हप्ता बजेट प्रस्तुत गर्ने तयारीमा जुटेको छ । प्रदेश सरकारहरुले पनि असार पहिलो हप्ता बजेट […]
देश रहे प्रधानमन्त्रीको बिरोध भोलि पनि गरौंला ..
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्ति लिएर भारतले अहिले बिरोध गर्ने दरो मौका पाएको छ । मिनेन्द्र रिजाल माथी भारतीय मीडियाको चाटुरकार प्रधानमन्त्रीको भनाईलाई लिएर सिधै खनिएपनि मिनेन्द्रले सकेसम्म सन्तुलित जबाफ दिए तर डिफेन्स गर्न सकेनन् । देशको प्रधानमन्त्रीले बिशेष गरि अन्तर्राष्ट्रीय मामलामा बोल्दा दशपटक सोच्नु पर्छ र सल्लाहकार पनि त्यस्तै राख्नु पर्छ । […]
मानव सभ्यताको अस्तित्व र कोभिड १९
मानव सभ्यताको अस्तित्व र कोभिड १९ ब्रह्माण्डको सर्वश्रेष्ठ विवेकी प्राणी, विज्ञान प्रविधि, ग्रह उपग्रह, संसारका हरेक वस्तुमाथि विजय प्राप्त गर्न सफल २१ आँै शताब्दीको मानव जगत आज कोभिड १९ को भाइरसका कारण आफ्नो सभ्यता माथिको चुनौति सामना गरिरहेको छ । डार्बिनकै सिद्धान्तलाई सापटी लिने हो भने प्रकृतिसँग संघर्ष र समायोजन गर्न सक्ने अब्बल गुणकै कारण […]
ओली प्रचण्डको झगडा परालको आगो, खिचडी पाक्ने कहिले कहिले : संचारकर्मी सचिता बुढाथोकी
सत्तारूढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक द्धन्द्ध छताछुल्ल भएको छ । केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीभित्र सल्लाह नै नगरि दुई वटा अध्यादेश ल्याएको र त्यसले शक्ति केन्द्रिकरण भएको भन्दै शीर्ष नेताहरु असन्तुष्ट भएका थिए । कोभिड १९ का कारण देश बन्दाबन्दीमा रहेकाबेला प्रधानमन्त्री ओलीले आफुखुसी ल्याएका दुईवटा अध्यादेशको पार्टीभित्र र प्रमुख […]
लकडाउन, चैतेदशैँ र म
एका बिहानै फोन आयो मुवाको रहेछ, भनिन, माइला कहिले आउछस यहाँ खसी काटीसकेका छनरु म: मुवा लकडाउन छ निस्कन मिल्दैन पुलिसले लाठीले ठोक्छ, पुलिसको आँखा छलेर साँझसम्म आइपुग्छु । मुवा: ल छिटो आ है त नआएसम्म म नखाई बस्छु । म: हुन्छ मुवा, फोन राखे । लामो समयदेखि घर नगएको चैते दशैं मा मुवाले बनाएको […]
नेपाली वैज्ञानिक रसायनशात्री सिता राम आचार्य भन्नुन्नुहुन्छ कोरोनाबाट बच्न यसो गर्नुस
COVID-19 (कोरोन भाइरसले लाग्ने रोग) को बारेमा आफुलाई थाहा भएको केही कुरा शेयर गर्न उपयुक्त लागेको हुनाले सकेसम्म सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु ! १. साबुन पानीले अहिलेको कोरोना भाइरस (SARS – CoV -2) कसरी नियन्त्रण गर्छ? साबुन भनेको लामा-लामा फ्याट्टी एसिडको सोडियम वा पोटास्सियम लवण हो ! साबुनमा बिपरित गुण भएका दुई […]
कोरिया,कोरना भाइरस र नेपाली
नियमित कामका लागी निस्किनै पर्छ । यहीँ एउटा मजदुरको बाध्यता र दैनिकी हो । फेरि कता के आएको भनेर के गर्ने ? अर्थनबर्थको गफ मात्रै हुन्छन् । चिन्तित् बिषयले मनमा शन्नाटा छाउछ । परदेशमा जो छुँ । झन विश्व नै त्रशित भएकोे बेला म किन नआत्तिनु ? हुर्किएको माटो, खेलेका साथीभाइ, रमाएका पाटिपौवा सम्झना बनेर […]
हाम्रो भ्यालेनटाइन, धान दिवस हो
मान, प्रिया ! हाम्रो भ्यालेनटाइन, धान दिवस हो छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले लहलह बाला झुलाउन सक्छन् प्रेमका नाममा भोका बस्नेहरुलाई एक छाक चौलानी पिलाउन सक्छन। बुझ, प्रिया ! हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरुले एकजोर रातो ईट्टामा तिम्रो नाम लेख्न सकिन्छ । यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित […]
महानगरीय प्रहरी परिसर काठमाडौंमै जाहेरी दिँदा चाहिँ नमिल्ने रे, चितवन नै जानु पर्ने रे, खासमा चितवनमा त्यस्ताे के छ ?
नेपालकाे कानुन दैवले जानुन् । शालिकराम पुडासैनीकाे हत्या वा आत्महत्या चितवनमा भयो । उनकी श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिइन्, जाहेरी लियो । तर त्यही घटनाकाे विषयमा निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमै जाहेरी दिँदा चाहिँ नमिल्ने रे, चितवन नै जानु पर्ने रे, मैले नबुझेकाे कुरा खासमा चितवनमा त्यस्ताे के छ ? कसैलाई चाहिँ […]



