Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

तास, कौडा र रु १३ लाखसहित १५ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको […]

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने २८ सय ९ सवारीसाधन नियन्त्रणमा

२१ जेठ, काठमाडौं– विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । यस्तै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल […]

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

२१ जेठ, काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा […]

स्वास्थ्य मन्त्रालयले भन्यो– तेस्रो र चौथो लहर आउनसक्छ, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याऊ

२१ जेठ, काठमाडौं– कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो […]

सरकारी गाडीमा ‘डेटिङ’ गएका सरकारी कर्मचारीलाई कारवाही गर्न निर्देशन

२१ जेठ, काठमाडौं– निषेधाज्ञाकाबीच सरकारी गाडी लिएर ‘डेटिङ’ पुगेका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्ने भएको छ । दोस्रो चरणको कोरोना रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गरी सरकारी गाडी लिएरै ‘डेटिङ’ गएपछि गृह मन्त्रालयले कारवाहीको निर्देशन दिएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको वरण […]

चेपाङ छात्रावास बनाउँदै नगरपालिका

२१ जेठ, चितवन– जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो । नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको […]

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

२१ जेठ, काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको […]

संवैधानिक इजलासमा रहेको नागरिकता विधेयकसम्बन्धी रिट हेर्दादेर्हैमा

२१ जेठ, काठमाडौं– संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको नागरिकता अध्यादेशविरुद्धको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। तीनवटा रिटमाथिको बहस सकिएपछि बाँकी तीनवटा रिट निवेदकका तर्फबाट २७ गते बहस हुने भएको हो। सुनुवाइमा शुक्रबार अधिवक्ताहरु वोर्णबहादुर कार्की, विष्णुकुमारी गिरी, रामबहादुर शाहीसहितले दायर गरेका तीनवटा रिट निवेदकका तर्फबाट बहस गर्नुभयो । रिटमाथि बालकृष्ण न्यौपाने, वोर्णबहादुर कार्की, […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा गठन भएको संवैधानिक इजलासमा ११ न्यायाधीश नराख्न माग

२१ जेठ, काठमाडौं– संसद विघटनविरुद्धको रिटको संवैधानिक इजालसमा सर्वोच्च ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । अदालतमा रहेको संसद विघटनविरुद्धको रिट सुनुवाइ गर्ने बेञ्चमा ११ जना न्यायाधीशलाई नराख्न निवेदन दिइएको हो । धेरै जना न्यायाधीश राख्दा रिट सुनुवाइमा स्वार्थ बाझिने भन्दै अधिवक्ता राजाराम घिमिरेले निवेदन दिनुभएको हो । यद्यपि निवेदन अहिलेसम्म दर्ता […]

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२१ जेठ, काठमाडौं– प्रहरीले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका बस्ने ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बालिकाको सौतेला बुबा नाता पर्ने रहेको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ । ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने […]