Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जनाको मृत्यु, ६,८२५ संक्रमण

२० जेठ, काठमाडौँ – कोरोनाभाइरसको संक्रमणबाट आज देशभर ७५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज देशभर २१ हजार ७७३ जनाको स्वाब परीक्षण गरिएको थियो। त्यस्तै, कोरोनाबाट ७५ जनाले ज्यान गुमाएका छन्। बुधबार १०१ जनाको ज्यान गएको थियो। अहिलेसम्म […]

सर्वोच्चले दियो कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश

२० जेठ, काठमाडौं– कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाइदिन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चमा अधिवक्ता उमेश प्रसादले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सुष्मालता माथेमाको एकल इजलासले ७५० कानुन व्यवसायीलाई दोस्रो डोज खोप पनि लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी […]

कटुवा पेस्तोलसहित धनुषाबाट दुईजना पक्राउ

२० जेठ, काठमाडौं– धनुषाको विदेह नगरपालिका–६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट १ थान कटुवा पेस्तोल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका–३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका–२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् । मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज. १० प ८६३५ नम्बरको मोटरसाइकललाई […]

मेलम्चीको पानी करिब एक महिनाभन्दा बढी काठमाडौं नआउने

२० जेठ, काठमाडौं– मेलम्चीको पानी वितरण करिब एक महिना बढी रोकिने भएको छ । मेलम्चीको पानीका लागि सुरुङ परीक्षण गर्नुपर्ने भएकाले असार १ गतेदेखि करिब एक महिना बढी पानी वितरण बन्द हुन लागेको हो । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार, ‘कार्यविधि अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले करिब एक महिना आयोजनाले वितरण गर्ने […]

महामारीलाई नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकताः पूर्वराजा ज्ञानेन्द्र

२० जेठ, काठमाडौं– कोरोनालाई परास्त गरेसँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले एक सन्देश जारी गर्नुभएको छ । भाइरससँगको जीत सँगै आफूहरु अस्वस्थ्य रहेको बखतमा शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । सन्देशमा महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता […]

जेठ मसान्तसम्मका लागि लम्बियो सिरहा र महोत्तरीको निषेधाज्ञा

२० जेठ, काठमाडौं– सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । जेठ २१ गतेसम्मका लागि सिरहामा यसअगाडि नै घोषणा गरिएको थियो । सोही निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ मसान्तसम्मका लागि लागू गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । त्यस्तै महोत्तरीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको […]

चर्चामा रहेको ‘क्लबहाउस’ के हो ?

पछिल्लो सातायता नेपालमा पनि ‘क्लबहाउस’ भन्ने शब्द सुनिँदै आएको छ । साधारणतः स्मार्टफोन प्रयोगकर्ताहरुबीच यो शब्दले अहिले निकै नै तहल्का पिट्दै आएको छ । ‘क्लबहाउस’ आखिर के हो त ? यो बारे धेरैलाई जिज्ञासा हुनु स्वभाविक हो । आउनुहोस् आज ‘क्लबहाउस’ बारे चर्चा गरौंः स्मार्टफोनको जमानामा विभिन्न एपको प्रतिस्पर्धाका बीच आएको ‘क्लबहाउस’ एक एप्लिकेसन हो […]

लिचीको दाना घाँटीमा अड्किदा ६ महिने बालकको मृत्यु

२० जेठ, काठमाडौं– कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ का ६ महिने बालकको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याएइएको थियो । उपचारका लागि पु¥याए पनि डाक्टरले उनलाई मृत […]

शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको घोषणा

२० जेठ, काठमाडौँ – सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० […]

हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, क्वारेन्टिनका लागि पाँचतारे होटल सूचिकरण

१९ जेठ, काठमाडौँ – सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल […]