Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

विन्डोज १० को नयाँ संस्करण जुन २४ मा सार्वजनिक हुने

एजेन्सी– माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो अपरेटिङ सिस्टम अपग्रेडको घोषणा गरेको एक हप्तामै यो खबर बाहिरिएको हो । कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् । नयाँ […]

नेपालमा भित्रिने मनसुन केरला आइपुग्यो, अन्य वर्षभन्दा धेरै वर्षा हुन सक्ने

२१ जेठ, काठमाडौं– नेपाल भित्रिने मनसुन सुरु गराउने मौसमी प्रणाली भारतको केरला आइपुगेको मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा विकास हुने मनसुन नेपाल प्रवेश भएसँगै नेपालको मनसुन सुरु हुने गर्दछ । बंगालको खाडीमा विकसित भएको मनसुन बिहिबार बेलुका केरला आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘अहिले केरला आइपुगेको मनसुन विस्तारै माथि सुरु भएकोले एक हप्ताभित्र […]

प्रधानन्यायाधीश जबराको नेतृत्वमा नागरिकता अध्यादेशविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

२१ जेठ, काठमाडौं– सर्वोच्च अदालतमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ । नागरिकता सम्बन्धी अध्यादेशविद्ध परेको रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको हो । वरिष्ठताका आधारमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेका छन् […]

रोपाइँका बेला मलमा ढुक्क हुने अवस्था छैन

२१ जेठ, काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँका बेला मलको हाहाकार नहुने भन्दै किसानलाई ढुक्क रहन भन्दै आएको छ तर रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव देखिन थालेको छ । मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल अभाव हुने सङ्केत गरिसकेका छन् […]

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

२० जेठ, काठमाडौँ – सिन्धुपाल्चोकमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ […]

कोरोनाबाट मृत्यु भएको परिवारलाई २५ हजार किरिया खर्च दिने

२० जेठ, काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार रुपैयाँ र संक्रमितलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु। २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको […]

साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर खाद्य वस्तु र एलपी ग्याँसमा २० प्रतिशत छुट दिने

२० जेठ, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाअवधिभर खाद्य वस्तु र खाना पकाउने एलपी ग्यासपा २० प्रतिशत छुट दिने भएको छ । आगामि आर्थिक वर्ष ७८÷७९ को बजेट वक्तव्यका क्रममा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुटमा खाद्यवस्तु र एलपी ग्यास दिनुपर्ने व्यवस्था गरेपछि कर्पोरेसनले छुट दिने भएको हो । यो निर्णय सँगै निषेधाज्ञा अवधीभर पिठो, चिनी, नुन, […]

ज्यानसम्बन्धी मुद्दामा फरार चार अभियुक्त पक्राउ

२० जेठ, काठमाडौं– प्रहरीले ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका–१ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन् । केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न […]

नेपल आज चाइनिज ताईपेईसँग भिड्दै

२० जेठ, काठमाडौं– नेपालले बिहिबार चाईनिज ताईपेइसँग सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ । एसिया कपको छनोट खेल्ने जित्नै पर्ने दबाबमा सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ । पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली जित्नैपर्ने दबाबमा रहेको छ । प्रशिक्षक र खेलाडी समेत ताईपेविरुद्धको […]

कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढी

२० जेठ, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा ५८२५ जनाको आरटी पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो भने १००० एन्टिजे विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ लाख ७६ […]