Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

नमोबुद्ध परिसरभित्र अत्याधुनिक मेडिकल ल्याव सञ्चालनमा

सवाल सम्वाददाता बाग्मती –काभ्रेको नमोबुद्ध परिसरमा रहेको रहेको ठ्राङ्गु फेन्दे क्लिनिकले अत्याधुनिक मेडिकल ल्याब सञ्चालनमा आएको छ । ल्याबलाई नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा र नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छेयोजे लामा वाङ्चुक तोक्देनले संयुक्त उद्घाटन गर्नुभएको छ । क्लिनिकका प्रमुख वाङ्चुक राप्तेन लामाले ल्याब स्थापनापश्चात सेवालाई अझ प्रभावकारी बनाउन हौसला पुगेको बताउनु भयो […]

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु

सवाल सम्वाददाता बाग्मती-राजधानीमा दूषित पानी पिउँदा हुने हैजाका बिरामी फेला परेका छन् । ताहचलका ४५ वर्षीय एक पुरुषमा केही दिनअघि हैजाको जीवाणु देखिएको हो । पेट दुखेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा भिब्रियो कलेरा नामक ब्याक्टेरिया भेटिएको  अस्पतालले पुष्टि गरेको हो । गर्मी मौसममामा  दूषित […]

भेरी अस्पतालका चिकित्सकले गरे आन्दोलन स्थगित

सवाल सम्वाददाता भेरी- चिकित्सक समायोजनको विरोधमा देशभरका चिकित्सक आन्दोलित छन् । तर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकले सोमबार पनि बहिरंग सेवा दिएका छन् । भेरी अस्पताल विकास समिति र करारका चिकित्सकले सोमबार बहिरंग सेवा दिएका हुन् । टाढाबाट आउने बिरामीको चापलाई ध्यानमा राखि सोमबार अस्पताल विकास र करारका चिकित्सकले बहिरंग सेवा दिएको अस्पतालका प्रमुखले बताउनुभयो […]

आज विश्व मिर्गौला दिवस : मिर्गौलाको ब्यानर बोकेर निस्किए प्रधानमन्त्री ओली

काठमाडौं –  विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान  शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् […]

अस्पतालमा फैलिदो बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो

काठमाडौं – वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ ।   त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००, बयोधामा ८५००, मेडिसिटीमा १०००० र […]

२९ वर्षदेखि कोही छिरेनन् वीर अस्पतालको भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

काठमाडौं – वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको […]

धेरै नुन खाने बानी घातक, पानी जम्मा हुनेदेखि शरीर सुन्निनेसम्म समस्या

काठमाडौं – नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । […]

डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

सवाल सम्वाददाता काठमाडौं-प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा अनसनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीले ज्ञापनपत्र वाचन गर्नु भएको थियो । ज्ञपनपत्रमा […]

डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित, आकस्मिक बाहकका सबै सेवा ठप्प

सवाल सम्वाददाता काठमाडौँ-अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् । आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सेवा ठप्प पारेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान प्रतिष्ठान वीरअस्पताल […]