Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

सुनको मूल्य घट्यो

८ आश्विन, काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । […]

राष्ट्रपति भण्डारीबाट बजेट प्रमाणीकरण

७ अश्विन, काठमाडौं – चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका […]

लघु जीवन बीमाबाट ५ अर्ब बीमाशुल्क आर्जन

७ अश्विन, काठमाडौं – जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख जारी गरेर ५ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १० लाख ६९ हजार ५५८ वटा लघु बीमालेख जारी गरी ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा […]

सिरहाका १७ वटै स्थानीय तहमा एक अर्बभन्दा बढी बेरुजु

७ अश्विन,लहान – सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ । स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट […]

फेरि बढ्यो सुनको मूल्य

५ आश्विन, काठमाडौँ – मंगलबार सुनको मूल्य फेरि तीन सयले बढेर तोलाको ८९ हजार दुईसयमा कायम भएको छ। अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा […]

४० करोड रुपैयाँ खर्चमा घण्टाघर पुनर्निर्माण गरिने

५ आश्विन काठमाडौँ – विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक-पटक आरोप लगाउनुभएको छ, ‘धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे ? बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण्टाघर नभत्काउन चेतावनी दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘यिनीहरुले घण्टाघर बनाउँदैनन्, बेसरी भन्नुभयो भत्काउने हो । म […]

सोमबार सेयर बजारमा गिरावट

४ अश्विन काठमाडौँ  – सोमबार २६९८ अंकमा झरेको सेयर बजार ४ प्रतिशतले गिरावट भएको छ । ८ अर्ब ४९ करोड रुपैयाँको किनबिच भएको सेयर बजार ११४ अंकले पहिरो गएको छ । साथै, सबै समूहहरु राताम्मे देखिएका छन्।सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ […]

आइपीओ भर्ने आज अन्तिम दिन : सामलिङ हाइड्रो पावर

१ आश्विन, काठमाडौँ –आज सामलिङ पावर कम्पनीको आइपिओ भर्ने  अन्तिम दिन रहेको छ। गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म कम्पनीले स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल ५ लाख कित्ता आइपीओको म्याद आज सकिन लागेको हो । कुल ५ लाख कित्तामध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा […]

सुनको मूल्य घट्यो

१ आश्विन, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  प्रतितोला १ हजार ४ सय रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। बिहीबार छापावाला सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ।

नेपाल–भारत रेलसेवा सम्झौता संशोधन पछि भारतीय कन्टेनर निगमले घटायो भाडा

३१ भदौ, काठमाडौँ – भारतीय समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा निजी रेल कम्पनीले सेवा शुरू गरेलगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको कम्पनीले भाडा स्वात्तै घटाएको छ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलोपटक निजी रेल कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन यसअघि ढुवानी सेवा दिइरहेको भारतीय कन्टेनर निगम (कोन्कर) ले भाडा घटाएको हो […]