आर्थिक
पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक : चन्द्र ढकाल
९ साउन, काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् । कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको […]
साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार
९ साउन, काठमाडौँ – नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान […]
पाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम
९ साउन, काठमाडौँ – पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ […]
अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री
८ साउन, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उहाँले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेकार त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता […]
लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै
७ साउन, काठमाडौं– लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया […]
साउन १४ देखि मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
७ साउन, काठमाडौं– मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि प्राथमिक सेय (आईपीओ बिक्रि गेर्न भएको छ । कम्पनीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रिका लागि खुला गर्ने बताएको छ । यद्यपि सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ […]
बैंकिङ सिष्टम ह्याक प्रकरणः नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन
७ साउन, काठमाडौं– नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका […]
‘मेरो सेयर’मा थपियो ‘माइ होल्डिङ्स’ को सुविधा, आफूले सेयर राखेको अवधि थाहा पाइने
४ साउन, काठमाडौं– नयाँ आर्थिक वर्षदेखि सेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेसँगै केन्द्रीय निक्षेप प्रणाली सीडीएससीको ‘मेरो सेयर’ सफ्टवेयरमा नयाँ सुविधा थप गरिएको छ । नयाँ पुँजीगत लाभकार साउन १ गतेदेखि लागू भएको हो । नयाँ पुँजीगत लाभकर निर्धारण भएसँगै सीडीएससीले ‘मेरो सेयर’मा सेयर अवधि गणना गर्ने ‘माई होल्डिङ्स’ नामक सुविधा थप गरेको हो […]
नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा उछाल
३ साउन , काठमाडौं– नयाँ आर्थिक वर्षको सुरुवातमै पूँजी बजारमा उत्साह छाएको छ । आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन सेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९८०.२१ अंकमा पुगेको छ । कारोवार रकममा पनि उत्साह छाएको छ । आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार सेयर बजारका […]
सवारी कारवाहीबाट रु ६७ लाख राजश्व सङ्कलन
३ साउन, काठमाडौँ – गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख […]



