आर्थिक
सुनको भाउ बढ्यो
२४ भाद्र काठमाडौँ – बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ । चाँदीको भाउ […]
पूर्वपश्चिम रेलमार्गको १ सय ६ किलोमिटर रेल्वेको ठेक्का रद्द
२३ भाद्र काठमाडौँ-रेल विभागले प्रस्तावित पूर्व-पश्चिम रेलमार्गअन्तर्गत इनरुवा-काँकडभिट्टा खण्डको ट्रयाक बेड बनाउन निकालेको ठेक्का स्थगित गरेको छ । रेल, मेट्रोरेल तथा मोनोरेल विकास परियोजनाले मंगलबार सार्वजनिक सूचना जारी गरी ठेक्काको प्रकृया रद्द गरेको हो । १ सय ६ किलो मिटर रेल्वे ट्रयाक बनाउन विभागले ५४ प्याकेज बनाएर ठेक्का आह्वान गरेको थियो । यसमा बोलपत्र पेश […]
उखु किसानको २४ करोड भुक्तानी अझै अन्यौलमा
२२ भाद्र काठमाडौँ-सर्लाही जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले किसानले उखु बिक्री गरेबापतको रकम भुक्तानी नगरेको पाईएको छ । अझै करिब २४ करोड रुपैयाँ भुक्तानी नगरेको उखु उत्पादक किसानले जनाएका छन् । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । गत पुस […]
स्वास्थ्य पूर्वाधारमा सुधारउन्मुख हुँदै कर्णाली प्रदेश
कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या […]
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको हो। अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने […]
४ भेन्टिलेटर, १० आइसीयू बेड निर्माणका लागि बजेट निकासा
९ भाद्र काठमाडौँ सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड१९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २२ करोड बजेट निकासा गरेको जनाएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा […]
महामारीका बेला भ्रष्टाचार गर्ने हत्यारा हुन् : डब्लूएचओ
६ भाद्र एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको बताउनुभएको छ । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह […]
सावधानी अपनाएर सार्वजनिक सवारी चलाउनेबारे विभागसँग व्यवसायीको सहमति
श्रावण ४, काठमाडौँ सार्वजनिक यातायात केन्द्रीय महासंघले सोमबारदेखि यातायात सञ्चालन गर्ने गरि विभागसँग आइतबार सहमति गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी सञ्चालन गर्नेबारे भने सोमबार यातायात व्यवस्था विभागसँग छलफल गर्ने भएको छ । मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने […]
नयाँ मौद्रिक नीतिले ऋण लिनेलाई केही सजिलो
श्रावण—३, काठमाडौँ चालु आर्थिक वर्षको मौद्रिक नीतिले सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज बनाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो । […]
वर्षमा ९ अर्ब ४२ करोडको गाडी खरिद, संघको तोके भन्दा ४०६ प्रतिशत धेरै खर्च
काठमाडौँ-तीन तहका सरकारले एकै वर्षमा सवारी साधन खरीदमा रु. ९ अर्ब ४२ करोड खर्च गरेका छन् । दशमा अझै करीब ५० लाखभन्दा धेरै नागरिक गरीबीको रेखामुनि छन् । यता सरकार भने विलासीतामा अर्बैँ रुपैयाँ छर्च गरि रहेको छ । महालेखा परीक्षकको ५७ औं प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै संघीय सरकारले ५ अर्ब […]



