राजनीति
ओलीको ‘तानाशाही’ कदमविरुद्ध रणनीति बनाउन माधव पक्षले बोलायो राष्ट्रिय भेला
२९ फागुन काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी पदाधिकारीहरु हटाउने एवं जिम्मेवारी हेरफेर गर्ने कार्य गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले आकस्मिक भोला बोलाएको हो । यस समूहले प्रधानमन्त्री ओलीको कदमलाई अमान्य हुने बताइसकेको छ […]
कांग्रेस सरकारमा जान खोज्नु उदेकलाग्दो : कमल थापा
२९ फागुन काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस सत्तामा जान खोज्नु उदेकलाग्दो विषय भएको बताउनुभएको छ । अध्यक्ष थापाले असफल र भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेक लाग्दो भएको बताउनुभएको हो । सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले कम्युनिष्टसॅग मिलेर सरकार बनाउन अस्विकार गरी कांग्रेस नयाँ चुनावमा […]
नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?
२९ फागुन काठमाडौ – नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता […]
माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक
२९ फागुन काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज ९शनिबार० बिहानै स्थायी कमिटी बैठक राख्ने भएको छ। अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा माधव नेपाल पक्षलाई कारबाही तथा माओवादी नेताहरू भित्र्याइएको बारेमा समेत छलफल गर्ने तयारी छ। माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस […]
देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत
२९ फागुन काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन् । पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो। ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता […]
नेपाल समूहलाई पेलेरै जाने मनस्थितिमा ओली, पदाधिकारीको जिम्मेवारी बाँडफाँडमा बाइपास सुरु
२८ फागुन काठमाडौँ – सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रहरु पुनस्र्थापना गरेपछि राजनीतिक तरंग सेलाएको छैन । पेरिसडाँडामा अन्तिम भनिएको नेकपाको बैठकबाट आ–आफ्नो बाटो भन्दै पुरानै पार्टीमा फर्किएका माधवकुमार नेपाल समूहलाई ओली समूहले बाइपास गर्न सुरु गरेको छ । शुक्रबार नै एमालेको ९ औं महाधिवेशनबाट […]
कांग्रेससँग पनि जसपाले राख्यो तीन बुँदे शर्त
२८ फागुन काठमाडौँ – जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबीच छलफल भएको छ । सम्भावित सत्ता समीकरणबारे जनता समाजवादी र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच छलफल भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जसपा नेता देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको थियो । शुक्रबारको भेटमा बाबुराम भट्टराई पनि उपस्थित भएको थियो । छलफलमा समीकरणका लागि जसपाले […]
केपी ओलीजस्तो तानशाह नेपालमा जन्मिएको छैन – घनश्याम भुषाल
२८ फागुन काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीजस्तो तानशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताउनु भएको छ । ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले यस्तै हर्कद देखाउने गरेको स्मरण गर्दै उहाँले नेपालमा केपी ओलीजस्तो तानशाह अहिलेसम्म नजन्मिएको बताउनु भयो । महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी ओलीको निर्णयलाई […]
संगठन निर्माणका लागि माओवादीले बनायो कार्यदल
२८ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा स्थायी कमिटी सदस्यहरु […]
राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्करण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल
२८ फागुन काठमाडोँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उहाँले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताउनुभयो । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उहाँको भनाइ थियो । पद […]



