राजनीति
निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : नेकपाको विवाद निरुपण गरी पाऊँ
२१ फागुन काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुनु भएको थियो । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिनु भएको छ । जवाफमा प्रमुख निर्वाचन […]
अरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भनेर ढोग्दै हिँडे: ओली
२१ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले कसैलाई प्रधानमन्त्री भइदिनु भनेर नभनेको स्पष्ट पार्नु भएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो , ‘उहाँ संसदीय दलको बैठक गर्दै हुनुहुन्छ रे, दलको नेता म यहाँ छु कुन दलको बैठक हो। उहाँहरु देख्दा अचम्म लाग्छ, उहाँहरु […]
सर्वोच्चले नेकपा विवादको फैसला आइतबार सुनाउने
२१ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ । सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो । सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र […]
ओलीले धर्मेन्द्रतिर हेर्दै भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष
२१ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिनु भएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिनुभएको हो । समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र […]
सहमतिभित्र समृद्धिको महान आकांक्षा छ: विप्लव
२१ फागुन काठमाडौँ – नेकपाका महासचिव विप्लवले सरकारसँग सहमतिको वातावरण बनाउने सबैलाई धन्यवाद दिनु भएको छ । राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र समृद्धिको चाहना सहमतिभित्र रहेको विप्लवले बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताउनु भएको […]
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच हस्ताक्षर
२१ फागुन काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ। सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गर्नु भएको हो । राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान […]
नेकपा नेत्र बिक्रम चन्द, खडक बहादुर सहित बालुवाटार प्रवेश
२१ फागुन काठमाडौँ – नेकपा नेताहरु नेत्र बिक्रम चन्द विप्लब, नेकपा प्रवक्ता खडक बहादुर बिश्वकर्मा, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र वार्ता टोलि सदस्य उदय बहादुर चलाउने ( दिपक) सहित २ बजे बालुवाटार भित्र प्रवेश गर्न भएको छ ।
नेकपा का नेता धर्मेन्द्र बाँस्तोला रिहा, शुक्रबार नै को को रिहा र सार्वजनिक हुदै ?
२१ फागुन काठमाडौँ – नेकपा सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’संगै केन्द्रिय सदस्यहरू चन्द्र बहादुर चन्द ‘वीरजङ्ग’, माइला लामा, ओमप्रकाश पुन, भरत बम ‘रणवीर र चूँडामणि ओली रिहा हुने भएका छन् । यी मध्य सुदर्शन, कन्चन, विरजङ्ग आजै सार्वजनिक हुने तयारीमा छन् । ओली सरकारसँगको वार्तापछि जेल तथा […]
नेकपाका महासचिव विप्लव, प्रकाण्ड, धर्मेन्द्र लगायत नेताहरु भेटघाट
२१ फागुन काठमाडौं – ने.क.पा.का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड र भर्खर काभ्रेबाट रिहाइ हुनुभएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको भेटघाट भएको छ । भेटघाटमा आनतरिक छलफल भईरहेको एक नेताले जानकारी दिनु भयो । विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला शुक्रबार बिहान मात्रै काभ्रेबाट रिहा हुनु भएको थियो ।
शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्दै
फागुन २१ काठमाण्डौ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिनुभयो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा […]



