राजनीति
राष्ट्रपति भण्डारीको तदारुकता-विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै
१६ फागुन काठमाडौँ – सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिनुभएको छैन । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उहाँ मौन हुनुहुन्छ । हिजो शनिबार भएर अधिवेशनको आह्वान नभएको हो […]
सांसद्हरुको खरिद बिक्री हुने सम्भावना बढ्यो : परराष्ट्र मन्त्री ज्ञवाली
१५ फागुन काठमाडौं – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन् । ‘हामी […]
संसद पुनः स्थापनापछि सरकार झन बलियो भएको छ : सुवास नेम्वाङ
१५ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्स्थापना पछि सरकार झन बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिवार काठमाण्डौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुनस्स्थापनापछि दह्रो भएको बताउनुभएको हो । प्रतिनिधिसभा […]
बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै हो : माधव नेपाल
१५ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अव केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै नेपालले सो कुरा बताएका हुन् । उनले केपी ओलीलाई नसुध्रने बताउदै बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै […]
केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्नुभयो : अध्यक्ष प्रचण्ड
१५ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको छ । कम्युनिष्टहरुले हिजो जुन वर्गको […]
प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
१५ फागुन काठमाडौं – सरकारले प्रतिनिधि सभाको बैठक फागुनको २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेका हुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय […]
ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए, विशाल भट्टराई नियुक्त
१४ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्। प्रधानमन्त्री ओलीले गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । ओली नेकपाको […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
१४ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक आज साँझ ५ बजेका लागि बोलाउनु भएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको […]
विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ
१४ फागुन काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाइ पक्राउ गरेका छन् । पुनलाई म्याग्दीको मालिका गाउँपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभएको छ ।
कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीलाई फाईदा
१४ फागुन काठमाडौ – प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपनि थप रणनीति बनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाईदा हुने भएको छ। अब तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने छैन। कांग्रेसले कानुनी रुपमा अहिले पनि नेकपा एउटै रहेको निष्कर्ष निकाल्दै तत्काल दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेपछि प्रधानमन्त्रीलाई […]



