Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

मन्त्रिपरिषदमा हेरफेर : अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, नयाँ तीन जनाको प्रवेश

२८ असोज काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेका हुन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएका छन् भने उपप्रधानमन्त्री एवं […]

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

२८ असोज काठमाडौँ – कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ […]

केपीलाई तीनतिरको तनाव

२८ असोज काठमाडौँ – संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले […]

जोखिम न्यूनीकरणका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

२७ असोज काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको दावी गर्नुभएको छ ।विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले ब्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना […]

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

२६ असोज काठमाडौँ हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क […]

पुनः लकडाउन गर्न सरकारलाई बाध्य पारिदै छ : मन्त्री ज्ञवाली

२५ असोज  काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताउनुभएको छ । आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने पछि परेको बताउनुभयो । उहाँले कोरोना […]

कांग्रेसले भन्यो, ‘डा. केसीसंगको सहमति फेरि उल्लंघन नगरियोस्’

२५ असोज  काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइबार एक विज्ञप्ति जारी गर्नुहुँदै केसीसँग भएका सहमतिलाई सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।   कांग्रेस प्रवक्ता शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डाक्टर केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गर्दै इमान्दार […]

दलहरुबाटै खेलाँची : जोखिम बढाउँदै पार्टी प्रवेश

२५ असोज धरान – राजनीतिक दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्थ्याे। तर, अधिकांश ठूला दलले महामारीका बेला पनि जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा गरिरहेका छन्। यस्ता कार्यक्रममा सहभागी प्रायःले न मास्क लगाउँछन् न त दूरी कायम गर्छन्। कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले महामारीकै बीच नेकपा […]

सरकारी वार्ता टोलीले डा. केसीलाई भन्यो– अनसन तोड्नुस्

२४ असोज  काठमाडौँ अनसनरत् डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ । २७ भदौदेखि आमरण अनसनमा बसेका डा. केसीलाई वार्ता टोलीले एक विज्ञप्ति निकाल्दै अनसन तोड्न अनुरोध गरेको हो । यसअघि डा. केसीका मागबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरेको थियो । शनिबार विहान नै डा. केसी […]

सरकारले भन्यो, ‘हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ’

२४ असोज  काठमाडौं – सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको सरकारको भनाइ छ । “हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी […]