Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

प्रवक्तालाई नै थाहा छैन बैठक स्थगित भएको : नेकपा विवाद

श्रावण १३, काठमाडौँ सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचमा सहमतिबिना नै ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको सूचना नेताहरुले थाहा पाएपछि […]

‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई थिलोथिलो बनायो : नेता नेपाल

श्रावण ७, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्ति केन्द्रित नभई कमिटी प्रणालीका आधारमा चलाउनु पर्ने बताउनुभएको छ । उहाँले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ […]

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं–नेकपाले आगामी साउन ४ गते सम्मकालागि स्थायी कमिटी बैठक सारेको छ । यी बीचमा अध्यक्षहरु सहमतिका लगि प्रयासरत रहे । यसैबीचमा नेकपाले सचिवालयको बैठक डाकेको छ । भोली साउन ३ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवम् पार्टी […]

नेकपा विवाद मिलाउन राष्ट्रपति पुनः सक्रिय, बैठकमा माधव नेपाल पनि राखौं : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरुका एक्लाएक्लै वार्ताले निकास दिन नसकेपछि बिहीबार माधव नेपालसहितको बैठक बस्दैछ । बुधबार दुई अध्यक्षको छलफलको अन्त्यतिर पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनभएको थियो । उहाँहरूसमेतको छलफलले निचोड निकाल्न नसकेपछि आजको बैठकमा नेपालसमेत सहभागी हुन लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी […]

सहमतिको प्रयासमा नेकपा अध्यक्षद्वय : आज पनि करिब ३ घण्टा कुराकानी

काठमाडौं-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउने प्रयास जारी छ । सोही प्रयास अनुरुप अज पनि दुई अध्यक्षबीच करिब ३ घण्टा कुरा भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुग्नुभएको थियो । अध्यक्षद्धयको एक्लाएक्लै भेटबार्ता अहिले दिउँसो करिब […]

तपाईं अहिले यता र उता दौडिनुभयो भने पछुताउनु पर्ला : नेकपा अध्यक्ष दाहाल

चितवन-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी विभाजन हुन नदिइने बताउनु भएको छ । नेकपा चितवनले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीलाई विभाजन नभई एकताबद्ध हुने दाबी गर्नुभएको हो । ‘पार्टीलाई विभाजित हुन दिइने छैन । पार्टी एकताबद्ध हुन्छ । तपाईं अहिले यता र उता दौडिनु भयो […]

निर्माण कम्पनीलाई मल आयातको ठेक्का ! मालिक प्रचण्डका घरबेटी न परे….

काठमाडौं-भौतिक निर्माणको क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेका कम्पनीले ३० हजार मेट्रिक टन मल आपूर्तिको अर्को ठेक्का कृषि सामग्री कम्पनीबाट पाएको छ । मल आयातको अनुभव समेत नभएको कम्पनीलाई मल आपूर्तिको ठेक्का दिइएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले सञ्चालन गरेको शैलुङ इन्टरप्राइजेजले रासायनिक मल आयातको लागि ठेक्का पाएको छ । […]

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट निष्कासन गरिने

काठमाडौँ-समाजवादी पार्टीले संसद तथा समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । समाजवादी पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेका भन्दै निष्कासन गर्ने निर्णय गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न […]

नेकपाको आन्तरिक विवादमा चिनको चासो, विवादकै बीच चिनियाँ राजदूत पुगिन् खनाल निवास

काठमाडौँ—पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट्नुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुग्नु भएको हो । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका […]

प्रधानमन्त्री र गृहमन्त्रीबीच दूरी बढ्यो, प्रहरी प्रमुख नियुक्ति अन्यौलमा

नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ । तर यहिबेला सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ ।जसकाकारण सरकार र प्रधानमन्त्री मन्त्रीहरु नै रहने–नरहने भन्ने तहको खिचातानी भइरहेका बेला प्रहरी प्रमुख चयन गर्ने विषयले प्राथमिकता नपाउने वा पछि धकेलिने पो हो कि […]