राजनीति
सिके राउतको जीवनमा आधचारित फिल्म निर्माण हुँदै, चलचित्र ३ ओटा भाषामा बन्ने
काठमाडौं – लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो […]
गत मंसिरबाट शुरु गरिएको सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा
काठमाडौँ – गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने छन् । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा […]
कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो
काठमाडौँ – नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् । अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत […]
भोजपुरमा विप्लव समूह-प्रहरीबीच भिडन्त, २ जनाको ज्यान गयो
काठमाडौँ – भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त भएको छज्यान जानेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको ज्यान गएको हो । मुसलधारे पानी परेकाले घटनास्थलमा […]
प्रधानमन्त्री ओलीले भने- प्रचणडलाई विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें
काठमाडौँ – प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल) ले […]
मन्त्री अर्यालको स्पोष्टोक्ति : मन्त्री पदि छाड्न जनुसक्कै बेला तयार छौँ
काठमाडौ – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्माकुमारी अर्यालले सरकार परिवर्तनको हल्ला चलेको र यदि सत्य हाहे भने आफु जुनसुकै बेला पद त्याग्नको लागि तयार भएकाmे बताउु भएको छ । सरकार पुनर्गठन र मन्त्री फेरबदलको चर्चा भइरहेका बेला अर्यालले सोमबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री पद छाड्न तयार रहेको बताउनु भएको हो […]
नेपालमा भारतको उच्चस्तरीय भ्रमणको तयारी
सवाल सम्वाददाता काठमाडौं-भारतले नेपाल भ्रमणका लागि उच्चस्तरीय टोली पठाउने तयारी गरेको छ । सम्भवतः अर्को महिना अर्थात साउनको मध्यसम्ममा राष्ट्रपतिस्तरको भ्रमण गराउने तयारी भइरहेको ‘साउथ ब्लक’को तयारी रहेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति रामनाथ कोविन्द सहितको उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयले समेत उच्चस्तरीय भ्रमणको अनौपचारिक जानकारी […]
गुठी विधेयक राट्रिय सभामा दर्ता भएको छ त्यो त्यतै प्रक्रियामा छ : मन्त्री अर्याल
सवाल सम्वाददाता काठमाडौँ-भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गुठी विधेयक किन आवश्यक थियो भन्ने कुरा सरकारले बताइसकेको बताउनु भएको छ । सरकारको तर्फबाट एउटा संकल्प आइसकेको बताउँदै मन्त्री अर्यालले गुठी संग जोडिएको विषयमा सरकार संवेदनशील रहेको बताउनु भएको छ । धर्म, संस्कृति, परम्परा जात्रा पर्व संग […]
सासंद चौधरीको प्रश्न : भूमि व्यवस्था मन्त्रीले कमैया पुनः स्थापना सकियो भनेर मन्त्रीले घोषणा गर्ने सक्नुहुन्छ ?
सवाल सम्वाददाता काठमाडाैँ- सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले कमैया पुनः स्थापना सकियो भनेर सार्वजनिक रुपमा घोषणा गर्न मन्त्रीलाई चुनौती दिनुभएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले कमैया पनः स्थापना यही वर्ष सक्ने भन्ने उद्घोषलाई केन्द्रित गर्दै सांसद चौधरीले भन्नुभयो, साउन २ गते कमैया मुक्ति दिवस छ, त्यो दिन कमैया […]
लालबन्दीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका जिल्ला ईन्चार्ज मारिए !
सवाल सम्वाददाता काठमाडौँ- सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको […]



