Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

पौडेल पक्ष सानेपामा बैठक बस्दै

२८ भदौ, काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छुट्टै बैठक बस्ने तयारीमा जुटेको छ । पार्टीको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न पौडेल पक्ष आज छलफलमा बस्न लागेको हो । पौडेल पक्षका एक नेताकाअनुसार उक्त छलफल पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठकमा वरिष्ठ […]

निराज अधिकारीको नेतृत्वमा मन्थली क्याम्पसमा अखिल क्रान्तिकारीको समिती गठन

२८ भदौ, रामेछाप – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संस्था अखिल (क्रान्तिकारी) रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा समिति गठन गरेको छ । आइतबार अगुवा विद्यार्थी भेला गर्दै निराज अधिकारी नेतृत्वको अध्यक्षतामा ३५ सदस्य समिति गठन गरेको हो ।  जसमा उपाध्यक्षमा जिवन श्रेष्ठ, मनिता राणा मगर र विपना बोहरा चयन भएका छन् […]

जयवीरसिंहले उम्मेदवारी नै दिएनन्

२८ भदौ, काठमाडौँ – डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बन्नुभएकोछ। वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ ।जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुनेहुनुभएकोछ। भदौ २५ मा […]

एमसीसी पास गर्नमा उत्सुक पहिलो नम्बरमा प्रधामन्त्री देउवानै : प्रकाण्ड

२८ भदौ, काठमाडौँ – विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रकाण्डले एमसीसी पास गर्ने नेताहरुको राजनीतिक भविष्य सिधिने बताउनुभएकोछ। अमेरिकाले नेपाललाई आफ्नो अधिनमा राख्नका लागि एमसीसी मार्फत कदम चालेको प्रकाण्डले एक अन्तर्वार्तामा बताउनुभएको हो । एमसीसीले मुलुकलाई बिकास तिर लाने सरासर भ्रम सिर्जना गरेको भन्दै यदि एमसीसी पारित भयो भने मुलुक बिनास हुने […]

एनआरएनएलाई परराष्ट्रको पत्र : निर्वाचन प्रकृया रोक्नु

२८ भदौ, काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । परराष्ट्रले विभिन्‍न देशमा समस्या रहेको भन्‍दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । एनआरएनएको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरित सिफारिस गरेकाले महाधिवेशनको काम अगाडी नबढाउन निवेदन परेको […]

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, को–कोलाई गरियो निम्तो

२८ भदौ, काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्दै छ । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुख […]

एमसिसीलाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको उपाध्यक्ष सुमारको आरोप

  २८ भदौ, काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छिन्। चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसमा राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’ सुमारले […]

पौडेल पक्षले बोलायो बेग्लै भेला

२८ भदौ, काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष द्वारा  बेग्लै भेला बोलाइएको छ। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा उक्त भेला हुनेछ। बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुनेबताइएकोछ। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ। यस्तो प्रवृत्तिले […]

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

२८ भदौ, काठमाडौँ –  अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गर्नुभएकोछ। आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताउनुभएकोहो । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न खोजेको […]

एमसीसीलाई पास गर्नुपर्छ : पूर्वमन्त्री जबरा

२७ भदौ, काठमाडौँ –प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसी पारित गराउन संसदभित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने पनि विश्वास दिलाउनुभयो […]