Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण निशुल्क गरः विवेकशील साझा युवा संगठन

१८ असार, काठमाडौं– विवेकशील साझा युवा संगठनले एमबिबिएसलगाएत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग गरेको छ। विवेकशील साझा युवा संगठनले एक विज्ञप्ती जारी गर्दै प्रवेश परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताका साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत माग गरेको छ । संगठनले चिकित्सा शिक्षा आयोगको गरेको सूचना अनुसारको एकीकृत प्रवेश परीक्षामा […]

नेपालपक्षीय सांसदलाई दुई दिनभित्र सर्वोच्चबाट हस्ताक्षर फिर्ता निर्देशन

१८ असार, काठमाडौं– नेकपा एमालेले जारी केन्द्रीय कमिटी बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षीय नेताहरुले गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । जाारी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गर्दै विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिइएको हो । बैठकमा […]

अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिने जति खोप आउँछः प्रधानमन्त्री ओली

१८ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड–१९ विरुद्धको खोप आउने दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रिय बैठकमा बोल्दै उक्त जानकारी दिनुभएको हो। बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ’ भन्नुभयो। प्रधानमन्त्री ओलीले भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भए […]

सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

१८ असार, काठमाडौं– बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु बोलाइए पनि उनीहरु सहभागि भने भएका छैनन् । बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागि रहेका छन् । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो। नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई […]

ओलीले बोलाएको बैठक अवैध : माधव समूह सहभागी नहुने

१७ असार, काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिनुभयो । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो […]

राष्ट्रियसभा बैठकमा नागरिकतालगायत १६ अध्यादेश पेश

१७ असार, काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा […]

नेपाल समूहको निर्णयः शुक्रबारको केन्द्रीय कमिटि बैठकमा नजाने

१७ असार, काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्ष शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन। ओली पक्षले जेठ २ मा फर्कने भने […]

चित्र नष्ट गर्नु कलाकारको अपमान हो ः कांग्रेस

१७ असार, काठमाडौं– नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ ।कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि यहाँको एक पर्खालमा निर्माण गर्नुभएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ […]

प्रमिला कुमारीको आरोप : संसद् विघटन गरेर ओलीले रेकर्ड बनाए

१७ असार, काठमाडौँ – राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाएकी छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)की नेतृ प्रमिलाले बिहीवारको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा २ पटक ओलीले विघटन गरेको आरोप लगाइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनको आरोप थियो। ‘शेरबहादुर देउवाले प्रधानमन्त्री दावी […]

दिनानाथ शर्माले भने– प्रधानमन्त्री ज्यू अब फेरी संसद् विघटन गर्नुभयो भने गिनिज बुकमा नै नाम लेखिनेछ

१७ असार, काठमाडौं– राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताउनुभएको छ । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाउनुभएको हो । राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका शर्माले प्रतिनिधि सभा विघटन गरेर नै भए पनि नेपालको नाम […]