Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

राष्ट्रियसभा बैठक जारी, १२ अध्यादेश पेस हुँदै

१७ असार, काठमाडौँ – संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्‍वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । […]

सरकार पक्षका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्नैप्रश्न

१७ असार, काठमाडौं– संसद विघटनको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीका कानुन व्यवासायीलाई प्रश्नमाथि प्रश्न तेस्र्याएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले सरकार तर्फका कानुन व्यवसायीलाई प्रश्न माथि प्रश्न गरेका हुन् । प्रधानमन्त्रीका तर्फबाट बहस गरिरहेका पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानन्यायाधीश राणले, ‘संविधानको धारा ७६(५) स्वतन्त्र हो कि होइन भनेर सोधे। उनले सोही […]

प्रतिनिधासभा विघटनः सरकार पक्षका क–कसले गर्दैछन् बहस ?

१७ असार, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहसमा आज पनि सरकार पक्षका कानुुन व्यवसायीहरु बहस गर्दैछन् । रिटका निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएपछि तीन दिनदेखि सरकारी पक्षका कानुन व्यवसायीहरुले प्रतिरक्षामा बहस भइरहेको छ । उक्त मुद्दामा बिहीबार पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्दैछन्। बिहिबारको बहस पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सुरु गर्ने भएका […]

ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा

१६ असार, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाउनुभएको छ । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उहाँले विश्वास व्यक्त गर्नुभएको हो । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के […]

मानवअधिकार आयोगले सोध्यो शिक्षामन्त्री श्रेष्ठसँग स्पष्टीकरण

१६ असार, काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ। मन्त्री श्रेष्ठलाई आयोगकै कार्यालयमा बोलाएर जातीय विभेदको घटनाका दोषीलाई आफ्नो गाडीमा राखी लगेको विषयमा स्प्ष्टीकरण सोधिएको हो।   छलफलको क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, घटनामा आपूm झण्डासहितको सरकारी गाडीमा नगएको हुन्थ्यो भन्ने महसुस गरेको र […]

सरकारका कदमविरुद्ध नेपाल विद्यार्थी संघको प्रदर्शन

१६ असार, काठमाडौँ – नेपाल विद्यार्थी संघले सरकारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । नेविसंघले काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पस बाहिर मसाल राँके जुलुस निकालेको हो । सरकारको असंवैधानिक र प्रतिगामी कदमको विरोधमा प्रदर्शन गरेको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिनुभयो । सरकारको कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिको समेत विरोधमा प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

माओवादीमा पहिलो पटक चुनावबाट नेतृत्व चयन गर्ने प्रस्ताव, प्रचण्ड पछिको नेतृत्व को ?

१६ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रले निर्वाचनबाटै अध्यक्षसहित पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने भएको छ। सो पार्टीले अहिलेसम्म निर्वाचनमार्फत् नेतृत्व चयन गरेको छैन। माओवादी केन्द्रले निर्वाचनबाट चयन गरिने केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने भएको छ। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्रले अन्तरिम विधान […]

सरकारका ऐतिहासिक कामले एमाले जनतामाझ झन लोकप्रिय : प्रधानमन्त्री ओली

१६ असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताउनुभएको हो । ‘योजनावद्ध […]

माधव पक्षले बोलायो स्थायी समिति बैठक

१६ असार, काठमाडौँ – एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले जानकारी दिइन् । अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ […]

एमाले बैठकः स्थायी कमिटीमा आठ जना थप

१६ असार, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जना थप भएका छन् । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो । बैठकले रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल […]