राजनीति
चीनले अनुदानमा दिएको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाँदै
१७ जेठ, काठमाडौं– चीन सरकारले अनुदानमा दिने घोषणा गरेको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जाने भएको छ । निगमको जहाज आज राती ११ बजे चीनको बेइजिङ जान लागेको हो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो । सो वार्ताको केहि घण्टामै चीन सरकारले १० […]
प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर र महत्तो बालुवाटारमा
१७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । सत्ता सहकार्य गरी सरकारमा सहभागीताका विषयमा छलफलका लागि ठाकुर र महत्तो बालुवाटार पुगेको स्रोतले बताएको छ । जसपामा सत्ता सहकार्यलाई लिएर सांसदहरु विभाजित छन् । जसपाको ठाकुर–महत्तो पक्ष ओली नेतृत्वको सरकारमा सहभागि हुने तयारीमा छ […]
एमालेको स्थायी कमिटीको बैठक बस्दै
१७ जेठ, काठमाडौँ – स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिनुभयो । पछिल्लो राजनीतिक […]
बजेट चुनावी घोषणापत्र जस्तो भयो : मन्त्री गोपाल शर्मा
१६ जेठ, काठमाडौँ – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले शनिबार प्रस्तुत गरिएको संघीय सरकारका बजेट चुनावी घोषणापत्र जस्तो भएको बताउनुभएको छ । प्रचारण मुखी बजेट आएपनि कर्णालीको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै शर्माले यस्तो बताउनुभएको हो । ‘यो अरु केही होइन, चुनावी घोषणापत्र हो भनेर बुझ्नुस्, उहाँले भन्नुभयो, रियालिटी हिसाबले […]
चीनले पठाएका स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण, ८ लाख डोज खोप लिन सोमबार राति नेपाल एयरलाइन्सको चार्टर्ड विमान जाने
१६ जेठ, काठमाडौं– चीनले कोरोना महामारीसँग लड्नका लागि दास्रो चरणमा सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ । चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री […]
संवैधानिक इजलास गठनमा विवादः न्यायाधीशहरुबारे निर्णय भोलि, स्वविवेक प्रयोग गर्न दिइने
१६ जेठ, काठमाडौं– संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे भएको बहस सकिएको छ। संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि नै वकिलहरुले प्रश्न उठाएपछि भएको बहस सकिएको हो । बहसमा दुवै पक्षको तर्क सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा बस्ने नबस्ने निर्णय सम्बन्धित न्यायाधीशले नै गर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश राणा बहस सकिएपछि, ‘इजलासमा बस्ने नबस्ने निर्णय श्रीमानहरु […]
महिलामाथिहुने कुनै पनि हिंसा क्षम्य नहुने प्रधानमन्त्री ओलीको भनाइ
१६ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारले महिलामाथि हुने हिंसाविरूद्ध काम गरिरहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, […]
संसद विघटन विरुद्धको रिटमा सुनुवाइ जारी, आज पनि उठ्यो न्यायाधीशमाथि प्रश्नचिह्न !
१६ जेठ, काठमाडौं– संसद विघटन विरुद्ध १४६ सांसदले सर्वोच्च अदालतमा दायर मुद्दामाथि सुनुवाइ जारी रहेको छ । संसद विघटन गर्नुपूर्व संविधानको धारा ७६(५) अनुसार राष्ट्रपतिसमक्ष बहुमत प्रस्तुत गरेका कांग्रेस सभापनि देउवालई प्रधानमन्त्री बनाइ प्रत्नििधिसभा पुनःस्थापना गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा विपक्षी १४६ सांसदले मुद्दा पेश गरेका थिए । यसअघि शुक्रबार ८ रिटमाथि बहस भएको थियो। […]
विपक्षी गठबन्धनको बैठकः सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने निर्णय
१६ जेठ, काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले कदमको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकले सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान मिचेको भन्दै उक्त कदम पनि असंवैधानिक भएको निष्कर्ष निकालेको छ । देउवा निवासमा भएको उक्त बैठकमा कांग्रेसबाट सभापति देउवासहित नेताहरु रामचन्द्र […]
नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण
१५ जेठ, काठमाडौँ – पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा निर्णय विपरीत गई मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टीकरण सोधिएको र […]



