Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

अमेरिकी प्रतिनिधि सभाले पास गर्‍यो ट्रम्पमाथि विरोधको प्रस्ताव

एजेन्सी  – चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ ।  प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ । १ सय ८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २ सय ४० भोटले पास भयो। यसमा रिपब्लिकनहरुले समेत यसमा […]

विश्वभर ८२ करोड मानिस भोकमरीको चपेटामा

एजेन्सी – विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको एक तथ्यांक सार्वजनिक भएको छ। पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको पाइएको हो। संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सोमबार सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या बढेको छ। […]

नेपालमा भारतको उच्चस्तरीय भ्रमणको तयारी

सवाल सम्वाददाता काठमाडौं-भारतले नेपाल भ्रमणका लागि उच्चस्तरीय टोली पठाउने तयारी गरेको छ । सम्भवतः अर्को महिना अर्थात साउनको मध्यसम्ममा राष्ट्रपतिस्तरको भ्रमण गराउने तयारी भइरहेको ‘साउथ ब्लक’को तयारी रहेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति रामनाथ कोविन्द सहितको उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयले समेत उच्चस्तरीय भ्रमणको अनौपचारिक जानकारी […]

भारतको हिमाचलमा बस दुर्घटना, ४४ को मृत्यु

काठमाडौँ –  भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट खसेको बताइएको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए । बसमा क्षमताभन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण […]

उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव विशेष कार्यक्रम नेपालमा पनि मनाइयो ।

सावल सम्वाददाता काठमाडौँ बाग्मती- उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव नेपालमा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा नैतिक र नव प्रवर्तन केन्द्रित नेतृत्वको आवश्यकता विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठीमा विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले शान्तिपूर्ण आदर्श संसार स्थापनार्थ गरिएका डा. ह्युन जिन […]

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

काठमाडौं – युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।   गुगलको प्यारेन्ट […]

चीनले विश्वसामु देखाउन नचाहेका यीतस्विर, जुन तस्विरका फोटोग्राफर वेपत्ता छन्

एजेन्सी । विश्व विख्यात फोटोपत्रकार लु ग्वाङ बेपत्ता छन् । आफ्ना तस्बिरमा चीनको प्रदुषणको अवस्था र त्यसले निम्त्याएको परिवेषलाई समेट्दै आएका चिनियाँ स्वतन्त्र फोटोपत्रकार लु सन् २०१८ को नोभेम्बरदेखि बेपत्ता छन् । विवादास्पद विषयलाई आफ्नो काम मार्फत प्रस्तुत गर्न नहिचकिचाउने सीमित फोटोपत्रकारमा लुको नाम अघि आउँछ । उनले चीनमा प्रदुषणको अवस्था, लागुऔषध दुर्व्यसन, एचआइभी संक्रमणसहितका […]

१६ वर्षीया अभियन्ता नोबेल शान्ति पुरस्कारका लागि मनोनित

एजेन्सी –  स्विडेनकी एक १६ वर्षे किशोरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो । तीन जना नर्वेली सांसदले नोबेल पुरस्कारका लागि उनको नाम दर्ता गराएका हुन् । यदि उनले यो […]

६४ वर्षपछि श्रम कानुन फेर्दै मलेसिया

काठमाडौं – मलेसियाले श्रम कानुन हेरफेरका अन्तिम तयारी गरेको छ। मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन ९१९५५० परिवर्तन गर्न लागेको हो । यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो। उक्त प्रस्तावित ऐन पारित भई लागू भए नयाँ कामदार भर्नासमेत सोहीबमोजिम गर्ने […]

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति

वासिङ्टन – २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति […]