समाचार
मोतीपूर औद्योगिक क्षेत्रमा गोली चल्यो
२४ असोज, बुटवल – रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ। स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय र प्रशासनबीच झडप भएको थियो । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । सशस्त्र […]
एकाएक मन्त्री हमाल राजीनामा दिन बाध्य
२४ आश्विन, काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले आजै राजीनामा दिने घोषणा गर्नुभएको छ। पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री हमालले आजै विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने बताउनुभएको हो । उहाँले आफूलाई मन्त्री बनाईएको विषयलाई लिएर अनावश्यक रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि प्रहार गरिएको भन्दै […]
बर्दियामा हात्तीले लियो एकजनाको ज्यान
२४ आश्विन, काठमाडौं – हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ। राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किलोमिटर टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको ज्यान गएको हो। घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। आज बिहान बेचन मृत अवस्थामा फेला परेका थिए। मृतकको शरीरमा हात्तीले […]
४ जिल्लाका सिडिओको सरूवा (सुची सहित)
२३ आश्विन, काठमाडौं –गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। जसमा झापाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई रौतहट, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई पर्सा, रौतहटका प्रमुख जिल्ला अधिकारीलाई सुनसरी र गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्य […]
आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरि मनाईँदै
२३ आश्विन, काठमाडौं – नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति […]
नेपालबाट बाहिरिँदै मनसुन
२३ आश्विन, काठमाडौं –नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो। लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार आगामी केही दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिनेछ। ‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने […]
बन्न सकेन देउवा सरकार ‘समावेशी’
२३ आश्विन, काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उहाँको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता […]
चर्चामा रहेका तर मन्त्री नपाएका यी अनुहार
२२ आश्विन, काठमाडौं – गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित भएकाहरुमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् । गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका […]
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई
२२ आश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज ८८औं दिनपछि सरकारलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्रीले आफूपछिको वरियतामा भने गृहमन्त्री बालकृष्ण खाँणलाई राख्नुभएको छ। उहाँ कांग्रेसबाट मन्त्री बन्नुभएको हो । त्यस्तै, वरियताको तेस्रो नम्बरमा पनि कांग्रेसबाटै सञ्चारमन्त्री बन्नुभएका ज्ञानेन्द्र बहादुर कार्कीलाई राखिएको छ । वरियताको चौथो नम्बरमा भने माओवादी केन्द्रबाट उर्जामन्त्री बनेकी पम्फा भुषाल हुनुहुन्छ। […]
८८ दिन पश्चात् सरकारले पायो पूर्णता, यी हुन् प्रधानमन्त्रीका सारथी (सूचिसहित)
२२ आश्विन, काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ औं दिनपछि सरकारलाई पूर्णता दिनुभएको छ। सत्तापक्षीय गठबन्धनबाट समेटेर प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिनुभएको हो । कांग्रेसबाट डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै, दिलेन्द्र प्रसाद बडुलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री, उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाई, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको […]



