समाचार
शुक्रबार १ हजार ३३ जना कोरोना संक्रमणमुक्त
२२ आश्विन, काठमाडौं –आज १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । आज नेपालमा कोरोना भाइरसका ७ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, यादव बने मन्त्री
२२ आश्विन, काठमाडौं –जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिनुभएको हो। उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत लेख्नुभएको छ (“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश”) प्रदेश-२ बाटै प्रमोद साह को […]
दसैँपछि मात्र लिनेभए मुख्यमन्त्री आचार्यले विश्वासको मत
२२ आश्विन, काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि मात्र विश्वासको मत लिने प्रस्ताव राख्नुभएको छ । आज ९शुक्रबार० बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गर्नुभएको हो । बिहीबारबाट सुरु भएको प्रदेशसभाको अधिवेशन अगाडि सो प्रस्ताव पेश भएको हो । विश्वासको मत लिनका लागि असोज २४ […]
उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै हैसियतमा लगियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
२२ आश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तान्नुभएको बालुवाटार स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा बसेर राम्रै काम गरेको भनेर छाप छोड्नुभएका श्रेष्ठलाई प्रधानमन्त्रीले हटाउन चाहनुभएको छैनन् । मन्त्रिपरिषद् विस्तारको क्रममा उक्त मन्त्रालय माधव […]
सरकारमा कस्लाई कुन मन्त्रालय (सुचीसहित)
२२ आश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा नयाँ मन्त्री थप्दै हेरफेर तथा कार्यविभाजनलाई अन्तिम रुप दिनुभएको छ । उहाँले मन्त्रीहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको बुझिएको छ । उहाँहरुको आजै नाम प्रकाशित भई सपथ हुने बुझिएको छ । यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार पाउनुभएको छ । उहाँ अहिले पनि सरकारका […]
काँग्रेसबाट मन्त्री बन्नेहरु (सुचीसहित)
२२ आश्विन, काठमाडौं – नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउनुभएको छ । आज उहाँले काँग्रेसका प्रभावशाली नेताहरुले सिफारिश गरेका नामहरु समेत पाएपछि मन्त्रीको टुंगो लागेको हो । काँग्रेसबाट नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट उमा रेग्मी हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडे समूहबाट डा। मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद […]
नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आएका महिलाहरु न्याय माग्दै माईतीघरमा (फोटोफिचर)
२२ आश्विन, काठमाडौं – बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् । उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय […]
मन्त्रीको नाम टुंगो लागेपछि दलहरुभित्र व्यापक असन्तुष्टि, सुरुभयो भाँडभैलो
२२ आश्विन, काठमाडौं – सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । त्यहाँ विभिन्न […]
मन्त्री पद नपाएका मेटमणि चौधरीले फेशबुकमा लेखे यस्तो
२२ आश्विन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले अहिले को मन्त्री बन्यो ? को मन्त्री भएन ? यो मुख्य विषय नभएको भन्दै मुख्य विषय प्रणाली जोगिएको टिप्पणी गनुर्भएको छ। पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहेका चौधरीले मन्त्रीमा आफ्नो नाम सिफारिश नभएपछि सामाजिक सञ्जालमा यस्तो धारणा राख्नुभएको हो । उहाँले […]
प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)
२२ आश्विन, काठमाडौं – प्रतिनिधि सभाको बैठक शुरु भएको छ । नया बानेश्वर स्थित् संसद् भवनमा बैठक शुरु भएको हो । बैठकमा नेकपा एमालेको बिरोध जारी छ।



